काठमाण्डौ क्षेत्र नं ५ प्रतिनिधि सभामा ईश्वर पोखरेल ,प्रदेसमा नारायण सिलवाल र दीपक निरौला

कपन अनलाइन

काठमाण्डौ,असोज २२।

काठमाण्डौ क्षेत्र नं ५ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले असोज २३ गते भोलि मनोनयन दर्ता गराउने तयारी गरेका छन।

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ५ मा सर्वसम्मत सिफारिस भएका पोखरेल २०७४ सालको निर्वाचनमा पनि सोहि क्षेत्र बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

त्यस्तै काठमाण्डौ क्षेत्र नं ५ (१ ) मा केन्द्रीय सदस्य नारायण सिलवाल र क्षेत्र नं ५ (२ ) मा नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले दोश्रो पटक टिकट पाएका छन।

२०७९ साल बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ५  का १५ वटा वडामा अध्यक्ष उम्मेदवारहरुले प्राप्त गरेको मतका आधारमा नेकपा एमाले नेपाली कांग्रेस भन्दा ४८५०  मतले अगाडी रहेको छ।

काठमाण्डौ क्षेत्र नं ५  का ११ वटा वडामा अध्यक्ष पदमा निर्वाचित भएको नेकपा एमालेको कुल मत १९७०३  रहेको छ भने ३  वटा वडामा अध्यक्ष पदमा निर्वाचित भएको नेपाली कांग्रेसको मत १४८५३ रहेको छ।

निर्वाचन आयोगमा उल्लेख गरिएको मत परिणाम अनुसार काठमाण्डौ क्षेत्र नं ५  मा नेकपा एकीकृत समाजवादीका तर्फबाट वडा अध्यक्षमा उम्मेदवार बनेका उम्मेदवारहरुले १८२७  मत प्राप्त गरेका छन भने नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले ११६८ र राप्रपाका उम्मेदवारहरुले २८२२ मत प्राप्त गरेका थिए।

२०७४ सालको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ५ मा विजयी बनेका नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलले २३०२९  मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेसका डा. प्रकाश शरण महतले १३१६९ मत प्राप्त गरेका थिए।

 

तपाइँको प्रतिक्रिया ।