प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

कपन अनलाइन

काठमाण्डौ ,असोज २३ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुँदैछ।

आज (आइतबार) बिहान १० बजेदेखि  ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

समानुपातिक सुचीको तयारी पछि असोज २३ गते १६५ प्रतिनिधि सभा क्षेत्र र ३३० प्रदेस सभा क्षेत्रमा उम्मेद्वारी दर्ता हुनेछ।

असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय  रहेको छ ।

यसैगरी, असोज २४ देखि २५ गतेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने र असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवम् उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने गरी तोकिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।