चलचित्र बाबरी हाउसफूल हुँदापनि शो घटाईएको भन्दै निर्माण पक्षको गुनासो

चलचित्र बाबरी हाउसफूल हुँदापनि शो घटाईएको भन्दै निर्माण पक्षको गुनासो

कपन अनलाइन
काठमाडौं, असोज  १८  । बाबरी चलचित्रको निर्माण पक्षले दर्शकहरुको माग अत्यधिक रहेपनि पर्याप्त शो नदिएको भन्दै असन्तुष्टि पोखेको छ । निर्माण पक्ष र कलाकारले आज चलचित्रको माग धेरै हुँदापनि पर्याप्त शो नहुनु दुःखद् भएको गुनासो पोखेका छन् । बाबरी चलचित्र यही असोज १४ गतेदेखि प्रदर्शनमा आएको छ ।
आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरुले यस्तो गुनासो पोखेका हुन् । क्लबका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले नेपाली चलचित्र राम्रो बन्दापनि दर्शकले सहज रुपमा किन हेर्नपाउँदैनन् ?भन्दै प्रश्न उठाएका थिए । उनले दर्शकको माग आएबमोजिम सबै समय उपलब्धतता हुनुपर्छ । धमलाले आफूले जति राजनीतिबारे बहस गरेको छ त्यति नै चलचित्रबारे बहस गर्ने गरेको सुनाए ।
धमलाले नेपाली चलचित्रमा आएको संकट आफ्नो पनि संकट भएको बताए । उनले भने,जस्तोसुकै समस्यालाई पनि राष्ट्रिय बहस बनाउने हो । सबै शासकलाई म भन्न चाहन्छु, नेपाली चलचित्रको समस्याको समाधान गर्नुहोस, म प्रधानमन्त्रीदेखि सञ्चारमन्त्रीसम्मलाई नेपाली चलचित्रबारे परेको समस्याको बारेमा बोलाएर बोल्न लगाउनेछु । धमलाले महिनामा एक पटक नेपाली नेताले नेपाली फिल्म हेर्नुपर्दैन् ?भन्दै प्रश्न पनि गरे । उनले बाबरी चलचित्रको समस्या आफ्नो पनि भएको भन्दै निर्माण पक्षलाई परेको पीर र मर्काबारे सम्बन्धित निकायसँग कुरा राखेर समाधान गर्ने बताए ।
चलचित्रका निर्देशक सुरेन्द्र पौडेलले राम्रो चलचित्र बन्दा र दर्शकले पनि राम्रो साथ दिँदा राज्य संयन्त्रले किन उचित व्यवस्था नगरेको भन्दै प्रश्न उठाए । उनले भने, राज्य संयन्त्र के हेरेर बसेको छ ? निर्माताहरु र चलचित्रकर्मीहरु रुनुपर्ने कारण के हो ? उनले नियामक निकायमा बसेकाले नेपाली चलचित्रको विकास र वृत्तिमा ध्यान दिनुपर्नेमा जोड दिए ।
पौडेलले नेपाली फिल्म चलाउनेबारे सही नीति र नियम बनाउनुपर्ने कुरा उठाए । उनले भने,दशैंको टिका दिनसम्म फिल्म चल्छ । दर्शकको राम्रो प्रतिक्रिया छ, यस्तो अवस्थामा पनि किन पर्याप्त शो पाईँदैन् ? यो प्रश्नको विषय बनेको छ ।
यस्तै अवस्था रहे चलत्रि विकास बोर्ड खारेज गरे हुने धारणा राखे । उनले भने,समस्याको समाधान गर्न नसके भुवन केसीले अध्यक्षबाट छोड्नुपर्यो । उहाँ नेपाली चलचित्रको विकासको लागि जानुभएको होईन र ?चलचित्रको विकास नगर्ने हो भने विकास बोर्ड खारेज गर्दा हुन्छ । जहिल्यैपनि फिल्म लगाउने बेलामा समस्या हुन्छ । बाबरी राम्रोसँग चलेको छ । दर्शकहरु दुई÷तीन पटक हेर्न जाुनभएको छ । शो छैन भन्ने गुनासो आएको छ । भुवन दाईलाई भनेको हुँ । तर, केही थाहा छैन भन्नुभयो । नेपाल चलचित्र विकास बोर्ड किन राखेको ? नेपाली चलचित्रको प्रवद्र्धन गर्नको लागि होइन र ? अहिले हलवालाहरुले शोहरु घटाईरहेका छन । उनले हलवालाहरुलाइ पनि राज्यले आफ्नो दायराभित्र ल्याउनुपर्छ ।
यस्तै, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले नेपाली चलचित्रको वृद्धिविकासको लागि आफूहरुले जहिल्यैपनि आवाज उठाएको बताएका छन् । उनले बाबरी फिल्मको मात्रैन भएर नेपाली भाषामा बनेका चलचित्र टिक्ने अवस्था नरहेको सुनाए । उनले भने,यो दुर्भाग्य नै हो । पाकिस्तानको चलचित्र उद्योग ध्वस्त भयो । नेपाली भाषामा बनेका चलचित्रले राम्रो स्पेश पाउनुपर्छ । नेपाली चाडवाडमा नेपाली भाषाका चलचित्रमात्रै चल्नुपर्छ । अहिले नेपाली संस्कृति खत्तम पार्ने काम भैरहेको छ । राष्ट्रिय चलचित्र, नेपाली भषााको पक्षमा वकालत गर्न चाहन्छु । नेपाल चलचित्र विकास बोर्डलाई अझैपनि स्वायत्तता प्रदान गरेको छैन् । विदेशी फिल्मको प्रवद्र्धन गर्ने हो भने बोर्ड खारेज गर्नुपर्छ ।
खड्काले नेपाली चलचित्र सधैं रक्षात्मक पँक्तिमा रहने हो भने बोर्डको के काम भन्दै प्रश्न उठाए । उनले नेपाली फिल्मको हितको लागि आmूहरु चाँडै आन्दोलनमा जाने पनि चेतावनी दिए । उनले विदेशी फिल्म महिनाको एक पटक मात्रै चलाउने कोटा ल्याउनुपर्छ । नेपालमा विदेशी चलचित्रलाई कोटा सिस्टममा लैजानुपर्छ । यसको लागि हामी नेपालका चाडवाड सकिनेबित्तिकै आन्दोलन गर्छौं । नेपाली भाषालाइ समाप्त पार्ने षड्यन्त्र हामीलाई मान्य छैन् । उनले बाबरी चलचित्र राम्रो बनेको भन्दै शो को समय पर्याप्त दिनुपर्ने माग गरे ।
बाबरी चलचित्रका नायक धिरज मगरले शो अझै पाउनुपर्ने बताए । उनले चलचित्र हेर्नको लागि दर्शकको उत्साहजनक सहभागिता रहेको सुनाए । उनले भने, चलचित्रले राम्रो रेस्पोन्स पाएको छ । शो हाउसफुल भएको छ । हिजो २ बजेको शो हाउसफूल थियो । पोखरा, दमक, धरान, दांङ सबैमा हाउसफुल भएको छ । बाबरीलाई दर्शकले माया दिनुभएको छ । त्यति नै शोहरु पाउनुपर्यो । राम्रो मुभिज छ । सपोर्ट अस भन्न चाहन्छु ।
उनले नेपाली चलचित्रहरुलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले आफूपनि विदेश छोडेर नेपालमा नै चलचित्र उद्योगमा योगदान पुर्याउन आएको सुनाए । उनले दशैंको समयमा शो घटाउनु आफूहरुकोलागि दुःखदायी भएको सुनाए ।
यस्तै, चलचित्रकी नायिका अदिति बुढाथोकीले पनि शो पाउनुपर्ने बताईन् । उनले भनिन्, हाम्रो मुभिजलाई शो बढाउनुपर्छ । सम्बन्धित व्यक्तिहरुले सपोर्ट गर्नुहुन्छ होला । समस्या आउपछि र टायम आउँदा बोल्नुपर्छ । हामी त नेपालमा धेरै मुभिज बनाउने भनेर आएका हौं । हरेक समस्याको समाधानपनि हुन्छ । हाम्रो समस्याको पनि समाधान हुन्छ होला ।
त्यस्तै, निर्माता पुष्पलता बुढाथोकीले सरकारले केही सहयोग गरे हुन्थ्यो भन्ने धारणा राखिन् । उनले आफूहरुले फिल्म बनाउँदा यस्तो समस्या आउँछ होला भन्नेबारे अनभिज्ञ रहेको सुनाईन् । उनले अहिले फिल्मको शो घटाईएको सूचना आएको भन्दै कसको कारण यस्तो भएको होला भनेर थाहा नभएको सुनाईन् । उनले आफूलाई परेपछि सबै कुरा थाहा हुने भन्दै अहिले समस्या परेकोले बोलेको बताईन् ।
सुरेन्द्र पौडेलको निर्देशनमा बनेको सिनेमामा अदितिले धिरज मगर र धिरज नाडकरसंग जोडी बाँधेकी छन् । त्रिकोणात्मक प्रेमकथाको सिनेमामा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो ठुंगोनको पनि अभिनय छ ।

सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा÷सुजन चापागाईं÷अनमोल गुरुङको संगीत र निर्देशक पौडेलको सम्पादन छ ।

बाबरी फिल्म्सको व्यानरमा निर्मित सिनेमामा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीको निर्माण छ ।

तपाइँको प्रतिक्रिया ।