राष्ट्रिय नागरिक पार्टी र पुर्नजागरणपार्टीबीच चुनावी एकता, मैनवत्ती चिन्ह लिएर जाने

राष्ट्रिय नागरिक पार्टी र पुर्नजागरणपार्टीबीच चुनावी एकता, मैनवत्ती चिन्ह लिएर जाने

कपन अनलाइन
काठमाडौं, असोज १७  । राष्ट्रिय नागरिक पार्टी र पुर्नजागरणपार्टी नेपालबीच चुनावी एकता घोषणा भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी दुवै पार्टीले एकताघोषणा गरेका हुन् । दुवै दल समानुपातिक र प्रत्यक्षतर्फ साझा चुनाव चिन्ह मैनवत्ती लिएर जाने घोषणा समेत भएको छ ।
पुर्नजागरण पार्टी नेपालकाअध्यक्ष श्यामबाबु गौतम र राष्ट्रिय नागरिक पार्टीका महामन्त्री वि.वि. थापाले संयुक्त रुपमा पत्रकार सम्मेलन मार्फत् चुनावी एकताबारे जानकारी गराएका हुन् । दुवैले बागमती प्रदेशलाई केन्द्रित गरेर ६६ वटै प्रादेशिक निर्वाचन क्षेत्रमा प्रत्यक्ष र समानुपातिकउम्मेदवार उठाउने जानकारी समेत दिए ।
कार्यक्रममा पुर्नजागरणपार्टी नेपालका अध्यक्ष श्यामबाबु गौतमले आफूहरुको मैनवत्ती साझा चिन्ह भएको बताए । ८० लाख नेपाली देशबाहिर रहेकाले उनीहरुले मतदानगर्न पाउनुपर्नेमा जोड दिए । युवाहरुको सरकार केन्द्र देखि प्रदेशसम्मबनाउनुपर्ने बताए । उनले भने, चुनाव खर्चिलो भएको छ यसमा व्यापक सुधार गर्न जरुरी छ ।
राष्ट्रिय नागरिक पार्टीका महामन्त्रीवि.वि. थापाले शिक्षातथा रोजगारको सुनिश्चितताआफूहरुको मुद्दा रहेको बताए । युवा तथा महिलाको अधिकार सुनिश्चित गरी आधुनिक व्यवसायिक कृषिको विकास गरिनुपर्ने बताए । गरिब, दुःखी, किसान, मजदूरको नीति तथा पद्धतिको निर्माण गर्ने उद्देश्य रहेको बताए । देशमा ८७७वटा संघ र प्रदेश सांसद आवश्यकनभएको भन्दै ७७ जिल्लामा ७७ सांसद भएपुग्ने बताए ।
कार्यक्रमको संचालन राष्ट्रिय नागरिक पार्टीका केन्द्रीय सदस्य विकास उप्रेतीले गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।