चुनाव मितव्ययी बनाउन यज्ञराज सुनुवारको प्रस्ताव : निर्वाचन आयोगको आयोजनामा सर्वदलीय सभा

चुनाव मितव्ययी बनाउन यज्ञराज सुनुवारको प्रस्ताव : निर्वाचन आयोगको आयोजनामा सर्वदलीय सभा

कपन अनलाइन
काठमाडौं, असोज १३ ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा ओखलढुंगा जिल्लाका निवर्तमान सांसद यज्ञराज सुनुवारले निर्वाचन खर्चिलो भएको भन्दै  एउटै मञ्चमा सर्वदलीय चुनावी सभा गर्ने प्रस्ताव गरेका छन।

उहाँले मोलुङ गाउँपालिकाले दसैँको अवसरमा आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै सुनुवारले निर्वाचन आयोगले आयोजनामा त्यस्तो सभा आयोजना गरेर उम्मेदवारहरुका सपना ,योजना तथा कार्यक्रमहरु जनताले सुन्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका हुन्।

वर्तमान पद्धति यति खर्चिलो भएकाले  सामान्य उम्मेदवारले निर्वाचन खर्च धान्नै नसक्ने अवस्था आएको भन्दै उनले  एउटै मञ्चमा सबै उम्मेदवार ले जनतासँग भोट माग्नु पर्ने बताएका हुन। सबै उम्मेदवारले एउटै मञ्चबाट भोट माग्दा योग्य उम्मेदवार छान्न मतदातालाई सहज हुने समेत उनको भनाई थियो ।

‘अहिले राजनीतिमा एकले अर्काको कुरा काट्ने परिपाटीको विकास भएको छ ।’ उनले भन्नुभयो, ‘अस्वस्थ्य पतिस्पर्धा त्यागेर मितव्ययी बनौँ, मतदातालाई  एउटै मञ्चबाट उम्मेदवारको भिजन सुनाऔँ ।’

चुनावमा राजनीतिक दलले छुट्टाछुट्टै सभा नगरी एउटै सभा आयोजना गर्दा उपयुक्त हुने बताउदै सुनुवारले देशव्यापी सम्भव नभए ओखलढुंगामा एउटै मञ्चमा सबै उम्मेदवार उभिने वातावरण बनाउनु पर्ने धारणा राखेका थिए ।

तपाइँको प्रतिक्रिया ।