शंखरापुर नगरपालिकामा बृहत सरसफाई
कपन अनलाइन
काठमाडौँ,असोज १३ । शंखरापुर नगरपालिकामा बृहत सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । सफा र सुन्दर नगरपालिका हाम्रो प्रतिबद्धता भन्ने मूल नाराको साथमा शंखरापुर नगरपालिका बातावरण उपशाखाको आयोजनामा बुधबार सरसफाई गरिएको हो।
शंखरापुर नगरपालिका वडा नं ७को प्रसिद्ध शालीनदी मन्दिर परिसर बाट शुरु गरिएको उक्त कार्यक्रममा नगरपालिका प्रमुख रमेश नापित उप प्रमुख समिता श्रेष्ठ प्रमुख प्रशासकीय अधिकृत बासुदेब खनाल, नगरपालिकाका प्रवक्ता एबम वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ, कार्यपालिका सदस्यहरु जनप्रतिनिधि प्रहरी प्रभाग साँखुका कार्यलय प्रमुख प्रहरी निरीक्षक जनक पुरी महिला स्वास्थ्य स्वयं सेविका सहित कर्मचारीर स्थानीयको सहभागिता रहेको थियो शालीनदी मन्दिर परिसरबाट शुरु गरिएको उक्त सरसफाई कार्यक्रम साँखु बजारका बिभिन्न स्थानका फोहोर संकलन गरिएको थियो ।सरसफाई कार्यक्रममा सहभागिहरुले आ–आफ्नों घर आँगन सफा राख्न सुझाव समेत दिएका थिए ।
चाडबाडलाई लक्षित गरि नियमित रुपमा सरसफाई गर्नुपर्छ भन्ने जनचेतना जगाउनका पनि उक्त कार्यक्रम आयोजना गरिएको नगर प्रवक्ता एबम वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठले जानकारी गराए ।सफा नगर नै आफनो पहिचान, परिचय अनि सभ्यता संग गासिएकोले आफु बस्ने वडा नगरलाइ सभ्य ,सफा र बिकसित वनाउनको लागि सबैको सहयोग आवश्यक रहेको र नियमित रुपमा सरसफाई सबै जना लाग्नु पर्ने उप प्रमुख समिता श्रेष्ठले बताइन । उनले आफै उपस्थित भई सरसफाइ गर्दा अरुलाई पनि प्रोत्साहन गर्न सकिन्छ भन्ने बिश्वासका साथ कार्यक्रम आयोजना गरेको पनि उनले बताइन ।
नगर प्रमुख रमेश नापितले नगरपालिकालाई सफा स्वच्छ राख्नका विभिन्न कार्ययोजना बनाएर अघि बढ्ने बताएका छन । फोहोरको कारण नगरको सौन्दर्यमा बिग्रने र बिभिन्न रोग लाग्ने भएको कारण पनि फोहोर व्यवस्थापनलाइ प्राथमिकतामा राखेर नगरपालिकाले काम गर्ने जानकारी गराए ।