लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ई द्वारा आयोजित प्रथम अन्तर क्लब मैत्री फुटसल प्रतियोगिता सम्पन्न

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ई द्वारा आयोजित प्रथम अन्तर क्लब मैत्री फुटसल प्रतियोगिता सम्पन्न

कपन अनलाइन

काठमाडौं, असोज ९ ।  लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ई  द्वारा आयोजित  प्रथम अन्तर क्लब मैत्री फुटसल प्रतियोगिता सम्पन्न  भएको छ ।  बिजय दशमीको अवसरमा खेलको माध्यमबाट आपसी भाइचारा मित्रता र सामाजिक सदभाब कायम गर्दै प्रतिभावान खलाडी उत्पादनमा  क्लब भित्रका फुटसलप्रेमी खेलाडीहरुलाई समेट्ने उद्धेश्यका साथ आयोजना गरिएको उक्त  प्रतियोगिताको उपाधी लायन्स क्लब अफ काठमाडौं आरम्भले जितेको छ भने प्रतियोगितामा लायन्स क्लब अफ काठमाडौं धापाखेल दितीय भएको छ ।

 प्रतियोगितामा उत्कृष्ट  गोल रक्षक लायन्स क्लब साहसका निरु थापा, बेस्ट डिफेन्स लायन्स क्लब अफ आरम्भका पदम बटाला, उत्कृष्ट खेलाडी  लायन्स क्लब अफ लिडरशिप फर चेन्जका राजन श्रेष्ठ धरातल, महिला तर्फ बाट गोल स्कोरर समिक्षा गुरुङ सर्वाधिक गोलकर्ता  लायन राज शर्मा सिंखडा घोषित भए।  बिजेताहरुलाई  लायन्स लिडर अनन्त प्रसाद भेटुवाल , पुर्व डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ फर्स्ट भाइस डिस्ट्रिक गभर्नर हरि दाहाल लगायतले सोहि दिन सांझ फ्रेन्डशिप क्याफे एन्ड रेस्टुरेन्ट भेटघाट चोकमा आयोजित चाडपर्व शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण समारोहमा  ट्रफी मेडल र प्रमाण पत्र  लायन्स लोगो अंकित टिशर्ट प्रदान गरिएको थियो  ।

 

 शनिबार चौर रिक्रियसन सेन्टर बाँसबारीमा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ई का जी एस टि कोर्डिनेटर लायन रमेश श्रेष्ठको संयोजकत्वमा  भएको  उक्त प्रतियोगितामा लायन तिलक श्रेष्ठ (एरिया I)  लायन बिज्ञान खड्का (एरिया II) लायन रोशन खड्का लियो  ( एरिया III) सहसंयोजक रहेका थिए ।    प्रतियोगितामा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ई अन्तर्गतका १६ वटा क्लबले सहभागिता जनाएकालायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ईका  जी एस टि कोर्डिनेटर लायन रमेश श्रेष्ठको अध्यक्षतामा भएको चाडपर्व शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण समारोहमा लायन्स लिडर अनन्त प्रसाद भेटुवाल र डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङले शुभकामना मन्तब्य सहित चाडपर्वको शुभकामना प्रदान गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।