उत्तर–पश्चिम पाकिस्तानमा सात सैनिक र १९ आतङ्ककारीको मृत्यु
इस्लामाबाद, २५ जेठ । पाकिस्तानको उत्तर–पश्चिमी आदिवासी इलाकामा पाकिस्तानी सेनाले गरेको स्थलगत कारबाहीका क्रममा कम्तीमा पनि १९ जना आतङ्ककारी मारिएका छन् ।
जारी सो कारबाहीमा परी उत्तरी वाजिरिस्तानको उक्त आदिवासी इलाकामा १९ जना आतङ्कारी मारिएका र सात जना सेनाको पनि ज्यान गएको सैनिक स्रोतले सोमबार जानकारी दिएको छ ।
अफगानिस्तानको सीमा क्षेत्रमा रहेको उत्तरी वाजिस्तानमा पाकिस्तानी सेनाले आइतबार रातभरि स्थलगत भीषण कारबाही सुरु गरेका थिए ।
आतङ्ककारी र सुरक्षाबलबीच भएको दोहोरो गोली हानाहानमा परी पाँच कमाण्डरसहित १९ जना आतङ्ककारी मारिएका सैनिक स्रोतले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
पाकिस्तान र अफगानिस्तानको सीमामा स्थानीय र विदेशी आतङ्ककारीले प्राणघातक आक्रमण जारी राखेका छन् ।
गत वर्षको जुन १५ देखि पाकिस्तानी आर्मीले आतङ्ककारीविरुद्ध भीषण कारबाही सुरु गरेका छन् । त्यसमा परी सयौँ हतियारधारी विद्रोही र आतङ्ककारी मारिएको बताइएको छ ।
सो कारबाहीमा परी दुई हजारभन्दा बढी आतङ्ककारी मारिएका प्रहरीको दाबी रहेको छ । यस कारबाहीका क्रममा केही सरकारी सेनाले पनि ज्यान गुमाउनुपरेको बताइन्छ । रासस÷सिन्ह्वा