अन्तरकलेज फुटसलको उपाधि न्यु मिलिनियम र केयु सिटी कलेजलाई

अन्तरकलेज फुटसलको उपाधि न्यु मिलिनियम र केयु सिटी कलेजलाई

कपन अनलाइन

काठमाण्डौ ,असोज ५।

काठमाडौं खेलकुद समाज तथा सरस्वती नगर स्पाेर्टस क्लबको आयोजनमा भएको  अन्तरकलेज फुटसल प्रतियोगिताको  पुरूषतर्फकाे उपाधी  न्यु मिलिनियम कलेजले जितेको  छ ।

बुधवार सम्पन्न फाइनल खेलमा न्यु मिलिनियमले विनायक सिद्ध कलेजलाई ट्राइब्रेकरमा २ का विरुद्ध ४ गोलले पराजित गर्न सफल भएको थियो ।त्यसैगरी छात्रा तर्फको उपाधी  के यु सिटी कलेजले जित्न सफल भयो । के यु सिटीले फाइनलमा जोसेफ कलेजलाई पराजित गरेको थियो।

काठमाडौं जिल्ला अन्तर्गत १९ कलेज सहभागी प्रतियोगिताकाे समापन कार्यक्रम नेपाली काँग्रेसका महामन्त्री एवम् पूर्व स्वास्थ मन्त्री गगन कुमार थापाकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियाे ।

समापन कार्यक्रममा विजेता खेलाडीहरुलाई प्रमुख अतिथि थापा सहित निर्वतमान सांसद दिव्यमणिराज भण्डारी, वागमती प्रदेशका   निवर्तमान प्रदेस सभा सदस्य  कुशुम कुमार कार्की, गोकर्णेश्वर नगरप्रमुख दिपक रिसाल, नेपाली काँग्रेस वागमती प्रदेश महामन्त्री राजु श्रेष्ठ, कपन बहुमुखी क्याम्पस अध्यक्ष कुमार ओझा , एन्फा पूर्व उपाध्यक्ष कर्मा छिरिङ शेर्पा, एन्फा उपाध्यक्ष कुमार केसी, एन्फा सदस्य मनिष जोशीलगायतले शिल्ड तथा  पदक वितरण गरेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।