गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा  नि:शुल्क आँखा र दन्त शिविर हुने

गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा  नि:शुल्क आँखा र दन्त शिविर हुने

कपन अनलाइन

काठमाडौँ,असोज ४ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा  नि:शुल्क आँखा र दन्त शिविर हुने भएको छ ।वडा अध्यक्ष जयराम महतले जारी गरेको सार्वजनीक सुचनामा  गोकर्णेश्वर नगरपालिका वडा नं ४ को संयोजकत्वमा कान्ति भैरब हेल्थ केयर सेन्टर प्रा लि को आयोजना तथा लायन्स क्लब अफ काठमाडौं उत्तरबाहिनी ३२५ डी, स्वर्णिम स्वास्थ्य नेपाल र महिला जागरण समुह भैरवचौरको सहकार्यमा असोज ८ गते शनिबार कान्ति भैरब हेल्थ केयर सेन्टर प्रालि उत्तरबाहिनी चोकमा बिहान १० बजे देखि अपरान्ह ४ बजे सम्म  आँखा र दन्त शिविर गर्न लागिएको उल्लेख गरिएको छ ।

उक्त एक दिने आँखा र दन्त  शिविरमा नि:शुल्क जांच नि:शुल्क औषधी वितरण तथा रिडिंग चस्मा वितरण समेत हुने हुँदा उक्त शिविरको लाभ लिन समेत वडाबासीहरुलाई सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ  ।

तपाइँको प्रतिक्रिया ।