उद्वार गरीएका बालकहरुको अभिभावकहरु संग पुर्नमिलन

उद्वार गरीएका बालकहरुको अभिभावकहरु संग पुर्नमिलन

कपन अनलाइन

काठमाण्डौ ,असोज २।

विगत २४ बर्ष देखि बालकहरुको क्षेत्रमा कामगर्दै आईरहेको साथसाथ“बालबालिका सँगसँगै”को पहलमा विगत चार महिना देखि बाध्यकारी तथा मानव बेचविखनको उच्च जोखिममा रहेका १० जना नेपाली बालकहरुलाई भारतिय सामाजिक संस्था,भारतीयप्रहरी,बाल कल्याण समिती मुम्बईको समन्वयमा बालकहरुको उद्वार गरीएको थियो ।
उद्दार गरि ल्याईको बालकहरुलाइ राष्ट्रिय बालअधिकार परिषद, नेपालप्रहरी ,जिल्लाप्रहरी कार्यालय पर्सा , साथसाथर अन्य संस्था लगायत सरोकारवाला निकायहरुको समन्वयनमा २०७९ भाद्र ३१ गते शुक्रवार परिवारमा पुर्नमिलन गराईएको थियो ।

पछिल्लो समय नेपालबाट विभिन्न बहानामा बालबालिकाहरु ओसारपसार गरी भारत लगायत अन्य मुलुकहरुमा लैजाने क्रम बढेको साथै बालिका तथा महिला मात्रै बेचविखनमा पर्ने नभईकन बालकहरु पनि उच्चजोखिममा रहेको यस घटना बाट पुष्टि हुन्छ ।
स्बदेश फिर्ति गरी पुर्नमिलन गराएका १० जनाबालहरु रौतहट, सुनसरी र मोरङ्ग जिल्लाका छन् । उद्वार गरी ल्याइएकाबालकहरु ११देखि १७ वर्ष उमेर समुहका रहेका छन् ।
बालकहरुको पारीवारिक पुर्नमिलन गराउने क्रममा राष्ट्रिय बालअधिकार परिषदका देवि प्रसाद डोटेलले बालबालिकाहरुको विषेश हेरचाहगर्ने जिम्बेबार परिवारको रहेको जानकारी गराएका थिए ।

अहिलेको  बदलिदो परिस्थीतिमामानब बेचबिखनमामहिलातथाबालिकामात्रनभई बालकहरु पनि उच्च जोखिम रहेको यो घटनाले पुष्टि गरेको साथसाथ कि रिर्सोस एक्जुकेटिभ कविता शाहले बताएकी थिइन।

सो कार्यक्रममा मधेश प्रदेश रास्ट्रिय बाल अधिकार परिषदका संयोजक संजिव महतोले, आफ्नो बालबालिका प्रति अभिभावकहरुनै चनाखो हुनु पर्नेमा जोड दिदै बालकहरुको अवस्थाहरुको फलो अप हुने बताए  ।

कार्यक्रममा विरगञ्ज महानगरपालिकाकी बाल कल्याण अधिकारी सावित्रि भण्डारी, महिला बालबालिका सेवा केन्द्र पर्साकी प्रहरी साहायक निरीक्षक नयन कला टमाटा , अधिवक्ता तथा अभियान्ता दिलिप कोइराला, अभियन्ता रसना ढकाल लगायतको उपस्थिती रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।