नेपाल उद्योग व्यापार महासंघको केन्द्रीय सदस्यमा रमेश श्रेष्ठ निर्वाचित

नेपाल उद्योग व्यापार महासंघको केन्द्रीय सदस्यमा रमेश श्रेष्ठ निर्वाचित

कपन अनलाइन 

काठमाडौँ,असोज २। नेकपा माओवादी केन्द्रका युवा नेता तथा युवा व्यवसायी रमेश श्रेष्ठ नेपाल उद्योग व्यापार महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । काठमाडौँको होटेल एभरेष्टमा बिहीबार सम्पन्न पहिलो महाअधिवेशनबाट श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

अध्यक्षमा खिमलाल भण्डारी निर्वाचित भएका छन् ।  श्रेष्ठसहित १ सय ९९ जना केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।महाधिवेशनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेका थिए । यस्तै, माओवादी केन्द्रका शीर्ष नेताहरू समेत सामेल भएका थिए ।

महाअधिवेशन पश्चात्  कपन अनलाइन लाइ संक्षिप्त प्रतिक्रिया दिदै  श्रेष्ठले महाअधिवेशनमा निर्विरोध निर्वाचित गराउन भूमिका खेल्ने  सबैलाई धन्यवाद दिदै थप जिम्मेवारी बढेको महसुस गरेको बताए  । नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनका टोखा नगर कमिटीका अध्यक्ष समेत रहेका रमेश श्रेष्ठलाई उत्तरी भेगका उदाउँदा ब्यावसायीका रूपमा लिइन्छ ।श्रेष्ठ फ्रेण्डशिप क्याफेका सञ्चालक, नौलाखा साकोसका कोषाध्यक्ष र ज्ञान चक्षु इङ्लिस स्कूलका संस्थापक डाइरेक्टर समेत हुन् ।

तपाइँको प्रतिक्रिया ।