बागमती प्रदेस संसदीय दलका प्रमुख सचेतक दिपक निरौलाले सवारी सुविधा फिर्ता गरे

बागमती प्रदेस संसदीय दलका प्रमुख सचेतक दिपक निरौलाले सवारी सुविधा फिर्ता गरे

कपन अनलाइन

काठमाण्डौ ,असोज २।

नेपाल कम्युनिस्ट पार्टी एमाले बागमती प्रदेस संसदीय दलका प्रमुख सचेतक दिपक निरौलाले प्रदेश सरकारले उपलब्ध गराएको सवारी सुविधा फिर्ता गरेका छन् ।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीका अध्यक्ष निरौलाले पाएको यातायात सुविधा प्रदेश सभा कार्यालय हेटौडाको प्रशासन शाखामा  फिर्ता गरेका हुन।

नेकपा एमाले बागमती प्रदेस संसदीय दलको सचेतक हुँदै मुख्य /प्रमुख सचेतक बनेका उनले पाएको सवारी सुविधालाई कोरोना प्रकोपको समयमा काठमाण्डौ क्षेत्र नं ५ (२ ) का जनताको सेवाका लागि बुढानिलकण्ठ नगरपालिकालाई प्रदान गरेका थिए।

May be an image of text that says 'बागमती प्रदेश सभा सा हेटौडा, मकवानपुर, नेपाल शाखा) लय टौडा, नेपाल मिति: २०७९ २०७९।०४।३१ 1০ሂ जससंग सम्वन्ध छ| प्रस्तुत विषयमा बागमती प्रदेश सभामा काठमाण्डौ जिल्ला निर्वाचन क्षेत्र (ख) वाट मिति २०७४ सालमा यस बागमती प्रदेश सभाको सदस्यमा निर्वाचित भई आउनु भएका माननीय दिपक निरौलाको यस सचिवालयमा नगद तथा जिन्सी बुझाउनु पर्ने रेकर्डवाट वाकी नदेखिएको व्यहोरा आदेशानुसार अनुरोध गर्दलु। 시69ች4 (सुन्दर पन्त) अधिकृत आठौ'

प्रदेश सभाको अन्तिम दिन सवारी सुविधा बुझाउदै निरौलाले  मतदाता,पार्टी कार्यकर्ता, संसदीय दलको नेता, प्रदेश सभा सदस्यहरु, प्रदेश सरकारका कर्मचारी सुरक्षाकर्मी , पत्रकार अन्य दलका प्रदेस सभा सदस्यहरुका साथै निर्बाचन क्षेत्र भित्रका बुढानिलकण्ठ,टोखा नगरपालिका, काठमाडौ महानगरपालिकाका प्रमुख,उपप्रमुख ,बडा अध्यक्ष, कार्यपालिका सदस्य, बड़ा सदस्य, कर्मचारी, परिवरका   सदस्य लगायत प्रति  आभार ब्यक्त गर्दै आम जनताको सेबामा समर्पित हुदै बिकास  निर्माणलाई निरन्तरता दिने प्रतिवदत्ता समेत व्यक्त गरेका छन।

तपाइँको प्रतिक्रिया ।