कक्षा १२ मा उत्तीर्ण विद्यार्थीलाई सेन्ट लरेन्स कलेज चावहिलले गर्यो बिदाइ

कक्षा १२ मा उत्तीर्ण विद्यार्थीलाई सेन्ट लरेन्स कलेज चावहिलले गर्यो  बिदाइ

कपन अनलाइन

काठमाडौं, भाद्र ३२ । विगत २५ वर्ष देखि निरन्तर शैक्षिक उन्नयनमा सक्रिय रहेको सेन्ट लरेन्स कलेज  चावहिलले कक्षा १२ मा उत्तीर्ण विद्यार्थीलाई बिदाइ गरेको छ। बिहीबार चाबहिलको इम्पेरीयल ब्याङ्केटमा आयोजित एक र्यक्रमका बिच कलेजले २०७७/७८ मा कक्षा १२ मा उत्तीर्ण गरेका विद्यार्थीलाई बिदाइ गरेको हो । सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दंगालको अध्यक्षता भएको कार्यक्रममा कक्षा १२ उत्तीर्ण गरेका करिब ८०० विद्यार्थीहरू सहित कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जन,  कलेजका शिक्षक शिक्षिका तथा कर्मचारीहरूको व्यापक उपस्थिति रहेको थियो ।

  कार्यक्रममा प्रत्येक संकाय बाट सर्वाधिक अंक प्राप्त गर्ने विद्यार्थीलाई उक्त अवसरमा कलेजले सम्मान पनि गरेको थियो। विज्ञान संकाय तर्फ निरञ्जन ढकाल जसले  ३.९२ जिपिए  ल्याएका थिए भने व्यवस्थापनमा एलिजा डाँगीले ३ .८९ जिपिए ल्याएकी थिइन्। त्यस्तै कानुन संकाय बाट  ३.६३ जिपिए  ल्याएकी सुष्मिता कार्की र  मानविकी संकाय  बाट ३. ५३ जिपिए ल्याएकी  सपना नेपाललाइ कलेजले बिशेष सम्मान गरेको थियो ।

कार्यक्रममा आफ्नो अनुभव बाँड्दै विज्ञान संकायका ‘टपर’ निरञ्जन ढकालले आफूले आफूलाई विश्वास गरे मात्र सफलता प्राप्त हुने बताए। उनले सेन्ट लरेन्सले दिएको उपयुक्त शैक्षिक वातावरणकै कारण आफूले चाहे अनुसार अंक प्राप्त गर्न सकेको भन्दै कलेजलाई धन्यवाद दिएका थिएका थिए  ।

कलेजले सबै ८०० विद्यार्थीहरूलाई मायाको चिनो सहित सम्मान गरेको थियो भने ‘फ्याकल्टी टपरहरुलाई’ स्नातक तहमा पूर्ण छात्रवृत्तिको अवसर  प्रदान गरिने जानकारी गराइएको थियो ।कार्यक्रमलाइ सम्बोधन गर्दै कलेजका अध्यक्ष केशव प्रसाद दंगालले उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीलाई बधाई तथा आगामी शैक्षिक यात्राका लागि शुभकामना दिए। पछिल्लो समय नेपालमै उच्च शिक्षाको विश्व स्तरीय पढाई हुन थालेको भन्दै उनले सकेसम्म पढ्नका लागि विदेश नजान सुझाव दिए। यदि जानैपर्ने अवस्था भए त्यहाँको शिक्षा र सिप लिएर नेपाल फर्कन अनि देशमै केही गर्न उनले सुझाएका थिए । उनले अभिभावकको ख्याल गर्ने जिम्मेवारी छोराछोरीको हो भन्ने नभुल्न पनि अनुरोध गरेका थिए ।

सेन्ट लरेन्सले हरेक बोर्ड परीक्षामा प्राप्त गर्ने नतिजा नै कलेजको असली पहिचान भएको दंगालको भनाई थियो। सेन्ट लरेन्सले सबै विद्यार्थीका लागि आकर्षक छात्रवृत्ति योजनाहरू ल्याएको भन्दै उनले स्नातक तह पढ्नका लागि सेन्ट लरेन्स रोज्न सुझाव दिएका थिए । परीक्षाको नतिजा र अन्य विविध सूचकहरूले स्नातक तहका कलेज मध्ये सेन्ट लरेन्स अब्बल हो भन्ने प्रमाणित भएको भन्दै उनले संसारका जुन सुकै कुनामा बिक्ने जनशक्ति कलेजले उत्पादन गरेको दाबी गरे। कलेजले आफ्नो गुणस्तरलाई कायम गर्दै आगामी दिनमा अझै उत्कृष्ट शैक्षिक वातावरण बनाउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

काठमाण्डौ महानगरपालिका वडा नं ७ चाबहिल पिपल बोटमा रहेको यो कलेज सन् १९९७ देखि संचालनमा आएको हो। केजी देखि पीजी सम्म पठनपाठन हुने सेन्ट लरेन्स कलेजमा कक्षा ११ मा बिज्ञान ,व्यवस्थापन ,मानविकी र कानुन संकायका विभिन्न विषयहरु रहेका छन।सैद्धान्तिक ज्ञानका साथसाथै प्रयोगात्मक सिपलाई पनि जोड दिँदै  कलेजले बैंक सम्बन्धी तालिम, होटल व्यवस्थापन सम्बन्धी तालिम, सञ्चालन गर्दै आएको छ भने  मानविकी संकायमा पत्रकारिता पढ्ने विद्यार्थीका लागि रेडियो, टेलिभिजन स्टुडियोहरूको भ्रमण गराई प्रयोगात्मक शिक्षा पनि  प्रदान गर्दै आएको छ।काठमाण्डौ उपत्यकाका जुन सुकै स्थानबाट सजिलै पुग्न सकिने यस कलेजमा नियमित पठनपाठन संगै विद्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलापहरु पनि संचालन हुने गरेका छन।

 

तपाइँको प्रतिक्रिया ।