बागमती नदि तथा सार्वजनिक स्थलमा मुर्ति लगायतका सामाग्रीहरु सेलाउने कार्य नगर्न गोकर्णेश्वर नगरपालिकाको सुचना

बागमती नदि तथा सार्वजनिक स्थलमा मुर्ति लगायतका सामाग्रीहरु सेलाउने कार्य नगर्न गोकर्णेश्वर नगरपालिकाको सुचना

कपन अनलाइन

काठमाडौं, भाद्र ३२ ।  गोकर्णेश्वर नगरपालिकाले बागमती नदि तथा सार्वजनिक स्थलमा मुर्ति लगायतका सामग्रीहरु सेलाउने कार्य नगर्न नगराउने समबन्धमा सार्वजनिक सुचना जारी गरेको छ।

नगर उप प्रमुख सान्नानी लामाले जारी गरेको उक्त सुचनामा २०७९ असोज १ गतेका दिन पर्ने विश्वकर्मा पुजा तथा बिभिन्न मितिका सभा समारोह लगायतका कार्यक्रमको आयोजना गर्ने सम्पूर्ण महानुभावहरुले उक्त पुजा लगायतका कार्यक्रमहरु आयोजना गर्दा प्रयोग गर्ने मुर्ति माला, फुल, कपडा  लगायतका कुनै पनि समानहरु गोकर्णेश्वर नगरपालिका क्षेत्रमा बग्ने बागमती  लगायतका  नदि नालाहरु र सोको किनारा तथा अन्य सार्वजनिक स्थलहरुमा सेलाउने तथा राख्ने कार्य नगर्न अनुरोध गरिएको छ । साथै माथि उल्लेखित कार्य गरि नदि नाला र सार्वजनिक स्थल प्रदुषित गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गरिने समेत सार्वजनिक सुचनामा उल्लेख गरिएको छ      ।

 

तपाइँको प्रतिक्रिया ।