गोकर्णेश्वर नगरपालिकाको प्रवक्तामा वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुबेदी

कपन अनलाइन
काठमाडौं, भाद्र  ३०।

गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुबेदीले नगर प्रवक्ताको जिम्मेवारी पाएका छन  ।भाद्र  २१ गते बसेको नगर कार्यपालिकाको  पाँचौ बैठकले सुवेदीलाई नगर प्रवक्ताको जिम्मेवारी दिइएको हो।

२०७४ सालको स्थानिय तहको निर्वाचनमा वडा नं ५ को अध्यक्ष निर्वाचित भएर कार्यकाल पुरा गरेका सुबेदी २०७९ सालको स्थानीय तहको निर्वाचनमा १७५५ मत सहित दोश्रो कार्यकालका लागि पुन वडा अध्यक्षमा निर्वाचित भएका थिए।

नगरपालिकाका सुचना ,सन्देस ,नीति तथा योजनाहरुलाई नगरवासी र संचार माध्यममा संयोजन गर्ने महत्वपूर्ण जिम्मेवारी पाएका प्रवक्ता सुबेदीले आगामी दिनमा नगरपालिकालाई सूचना र प्रविधि मैत्री बनाउन पहल गर्ने बताएका छन।

पत्र :

No photo description available.

तपाइँको प्रतिक्रिया ।