काठमाण्डौ क्षेत्र नं ४ (१ ) मा निर्मल देउला कि तेज प्रसाद ढकाल ?

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ३०।

मंगसिर ४ गते हुने प्रदेस सभाको निर्वाचन मिति नजिकिदै जाँदा काठमाण्डौ क्षेत्र नं ४ (१ ) मा नेकपा एमालेको राजनीति निकै गर्माएको छ। काठमाण्डौ क्षेत्र नं ४ (१ ) का लागि प्रदेस क्षेत्रीय कमिटीबाट सिफारिस भएका दुई जना नेताहरुले आन्तरिक तयारीलाई तीव्रता दिए संगै निकै तातेको सो राजनीतिलाई आधार बनाएर अहिले विभिन्न विश्लेषण र अनुमानहरु हुन् थालेका छन।

यस क्षेत्रको प्रदेस सभा सदस्य पदका लागि नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीका उपसचिव तेज प्रसाद ढकाल र काठमाण्डौ महानगर कमिटी अध्यक्ष निर्मल देउला मैदानमा रहेका छन।

काठमाण्डौ महानगरपालिकाका ४ वटा वडा रहेको यस प्रदेस निर्वाचन क्षेत्रमा नेकपा एमालेको बर्चस्व कायम गर्नका लागि मैदानमा उत्रिएका दुई नेता मध्ये को ? भन्ने प्रश्न अहिले क्षेत्रका हरेक स्थानहरु निकै चर्चाको विषय बनिरहेको छ।

उम्मेद्वारी दर्ता गर्न करिव तिन हप्ता बाँकी रहेको अवस्थामा सम्भावित उम्मेदवारको चर्चा व्यापक बन्दै गएको छ भने यस क्षेत्रका नेताहरु पनि आन्तरिक छलफल र तयारीमा जुटेको श्रोतले जानकारी दिएको छ।

काठमाण्डौ क्षेत्र नं ४ (१ ) मा स्थानीय तहमा वडा अध्यक्ष पदका उम्मेदवारले प्राप्त गरेको मतका आधारमा नेपाली कांग्रेस  बलियो देखिएको छ।काठमाण्डौ महानगरपालिका वडा नं १,७,८ र ३० मा मध्ये ३ वटामा नेपाली कांग्रेसका वडा अध्यक्ष निर्वाचित भएका छन भने १ वडामा नेकपा एमाले विजयी बनेको छ ।

वडा नं ७,८ र ३० मा वडा अध्यक्ष जितेको नेपाली कांग्रेसका वडा अध्यक्षले कुल ७०८३ मत प्राप्त गरेका छन भने नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवारले ५०९२ मत प्राप्त गरेका छन। यस प्रदेस क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमाले विचको मत अन्तर १,९९१ रहेको छ ।

निर्वाचन  आयोगको वडा अध्यक्ष पदको मत परिणाम अनुसार यस प्रदेस क्षेत्रमा नेकपा एसले १३००  मत प्राप्त गरेको छ भने नेकपा माओवादी केन्द्रले २६४ मत प्राप्त गरेको छ।

तपाइँको प्रतिक्रिया ।