ईश्वर पोखरेलको पहलले फेरिएको बुढानिलकण्ठ डाँडागाउँ,सडक कालोपत्रे हुँदा व्यवसायमा उच्च वृद्धि

ईश्वर पोखरेलको पहलले फेरिएको बुढानिलकण्ठ डाँडागाउँ,सडक कालोपत्रे हुँदा व्यवसायमा उच्च वृद्धि

कपन अनलाइन
काठमाडौं, २९।

काठमाण्डौ क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य  ईश्वर पोखरेलको पहलमा बुढानिलकण्ठ -डाँडागाउँ सडक कालोपत्रे भए संगै सो क्षेत्रको व्यवसायमा उच्च वृद्धि भएको छ।

नेकपा एमालेका बरिस्ट उपाध्यक्ष पोखरेल नेपाल सरकारको उपप्रधानमन्त्री भएको समयमा विनियोजन भएको करिव ३ करोड बजेटबाट वडा  नं ५ को कार्यालय देखि डांडा गाउँ सम्म जिर्ण रहेको सडक मर्मत तथा कालोपत्रे भएपछी सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको शंख्यामा निकै वृद्धि भएको छ।

बुढानिलकण्ठ नगरपालिकाको पर्यटन पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने करिव ५ किलो मिटर लम्बाई रहेको सो सडक कालोपत्र गर्नका लागि पोखरेलको पहल निकै महत्वपूर्ण रहेको डाँडागाउँका एक होम स्टे संचालकले बताएका छन।

हाल दैनिक रुपमा सयौ आन्तरिक तथा बाह्य पर्यटक सो क्षेत्रमा आउने गरेको बताउदै उनले सडक निर्माण भएपछी स्थानीयहरुले वर्षौ देखि भोग्दै आएको यातायात समस्या समेत समाधान भएकोमा खुसि व्यक्त गरेका छन।

नेपाल सरकारको तिन करोड सहित तत्कालिन समयको सांसद विकास कोषबाट डाँडागाउँ -गरिन भ्याली सडक स्तरनोत्तिका लागि आव २०७५/७६ मा २५ लाख रकम विनियोजन गरेका पोखरेलले बुढानिलकण्ठ -चंडेश्वरी सम्पदा मार्ग कालोपत्रे र निर्माणका लागि पनि बजेट व्यवस्थापन गरेका थिए।

२०७९ मंगसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि काठमाण्डौ क्षेत्र नं ५ मा सर्वसम्मत सिफारिस भएका पोखरेलको सांसद विकास कोषबाट आव २०७६/७७ मा चिसेनी -गौराबारी सडक स्तरनोत्तिका लागि पनि ५० लाख रकम बिनियोजन गरिएको थियो।

 

 

तपाइँको प्रतिक्रिया ।