काठमाण्डौ क्षेत्र नं ३ ( १ ) मा नेपाली कांग्रेसका डा.सुन्दर सिंह बोहोरा ….

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ३०।

मंगसिर ४ गते प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचन मिति नजिकिए  संगै काठमाण्डौ क्षेत्र नं ३ ( १ ) मा डा.सुन्दर सिंह बोहोराको चर्चा तीव्र बनेको छ ।

काठमाण्डौ महानगरपालिका वडा नं ६ र गोकर्णेश्वर नगरपालिकाका वडानं  ५ र ९ रहेको काठमाण्डौ क्षेत्र नं ३ ( १ ) मा नेतृत्व विकास विषयमा पीएचडी गरेका डा.बोहोराले  भौतिक र सामाजिक विकासका लागि सक्रिय पहल र नीतिनिर्माण तहमा प्रभावशाली भूमिका र उपस्थितिका लागि आफुले उम्मेद्वारी दावी गरेको बताउदै आएका छन ।

स्थानिय तहको निर्वाचन २०७९ मा काठमाण्डौ महानगरपालिका वडा संयन्त्र प्रमुख तथा प्रचार सचिवालयमा रहेर जिल्लाका स्थानीय तहमा नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजयी बनाउन सक्रिय भूमिका खेलेका डा. बोहोरा विभिन्न महत्वपूर्ण विषयका प्रशिक्षक तथा संघ संस्थाका कन्सल्टेन्ट समेत रहेका छन।

२०४८ सालको प्रतिनिधि सभा निर्वाचन देखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय बनेका उनि नेपाली कांग्रेसको १४ औ महाधिवेसन बाट  जिल्ला समिति सदस्यमा निर्वाचित भएका थिए।

नयाँ बस्ति युवा क्लवका पुर्व उपाध्यक्ष समेत रहेका उनले विभिन्न सामाजिक र प्राज्ञिक संघ संस्थामा योगदान पुर्याएका छन भने नेपाली कांग्रेसको वडा,प्रदेस क्षेत्र र क्षेत्रीय अधिवेसनमा निर्वाचन अधिकृतको जिम्मेवारी समेत बहन गरेका थिए।

काठमाण्डौ महानगरपालिका वडा नं ६ बौद्ध फुलवारीबाट प्रवेशिका परीक्षाका दिएर व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका उनले लामो समय पत्रकारिता क्षेत्रमा समेत सक्रिय रहेका थिए।

 

तपाइँको प्रतिक्रिया ।