लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियस र मिनील्याण्ड इंगलिस हाइ स्कुलद्वारा आयोजित रक्तदान र स्वास्थ्य शिविर सम्पन्न
कपन अनलाइन
काठमाडौँ, भाद्र २९ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ मा रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियस र मिनील्याण्ड इंगलिस हाइ स्कुलको संयुक्त आयोजनामा सम्पन्न सम्पन्न उक्त कार्यक्रममा २० जनाले रक्तदान गरेको र स्वास्थ्य शिबिर अन्तर्गत नाक, कान,घांटी र आँखाको करिब २०३ जनाले परिक्षण गरेको लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसका चार्टर प्रेसिडेन्ट विख्यात प्रसाद थपलियाले कपन अनलाइनलाइ जानकारी गराए ।
पछिल्लो समय उपत्यकामा डेंगुका बिरामी बढ्दै गइरहेको र बिरामीहरुको लागि उपचारमा आवश्यक रगत अभाव भएको कारण सोहि रगत अभाबलाइ पूर्ति गर्न सहयोग पुगोस भन्ने उदेश्य सहित मिनील्याण्ड इंगलिस हाइ स्कुलको सहकार्यमा आकस्मिक रक्तदान र स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरेको पनि चार्टर प्रेसिडेन्ट थपलियाले जानकारी गराए ।
मिनील्याण्ड इंगलिस हाइ स्कुलका प्रिन्सिपल मणिराम वाग्लको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक डी का डिष्ट्रिक गभर्नर लायन बिष्णु भाइ श्रेष्ठ, लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसका प्रेसिडेन्ट बुद्द बजगाई लगायत आयोजक संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।