कागेश्वरी मनोहरा वडा सातले अनाधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउने
कपन अनलाइन
काठमाडौं, भाद्र २७ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर सातले अनाधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउने भएको छ । वडामा भएको बैठकमा वडाध्यक्ष भिमसेन थापाले मापदण्ड विपरीत सडक अतिक्रमण गरि बनेका अस्थायी संरचनाहरू हटाउने बताएका हुन् ।त्यस्तै व्यवस्थित बस पार्क, बस बिसौनि, रात्रिकालिन समयमा मुख्य सडक तथा भित्रि सडमामा पार्किङ्ग गरि राखिएका निजी सवारी साधन, सार्वजनिक यातायात तथा मालवाहक सवारीसाधन व्यवस्थापन गर्ने उनले सामाजिक संजाल मार्फत जानकारी गराएका छन । उनले व्यवस्थित एवं समृद्ध वडा निर्माण अभियानमा सम्पूर्ण राजनीतिक दललाई सहयोग गर्न आग्रह गरेका छन् ।
त्यस्तै आवासीय तथा व्यवसायिक भवन निर्माणका लागि आवश्यक पर्ने निर्माण सामग्री लामो समयसम्म अव्यवस्थित रूपमा सडकमा राखिएकोमा त्यसलाई हटाउने, मुख्य तथा सहायक सडकहरूको मध्य भागमा रहेको विद्युतीय पोल र सो पोलमा अव्यवस्थित रूपमा ईन्टरनेट तथा केबल प्रदायक संस्थाहरूद्वारा जडान गरिएका तर प्रयोगमा नआएका झोलिएका र चुडिएका तारहरूको उचित व्यवस्थापन गर्ने, व्यवसाय दर्ता नगरी तथा नविकरण नगरी अव्यवस्थित रूपमा संचालनमा आएका व्यवसायलाई कानूनी दायरामा ल्याई संचालन गर्ने पनि उनले जानकारी गराएका छन । बैठकमा वडा समितिका सदस्यहरू, बिभिन्रान जनितिक दलका प्रतिनिधि , नगर प्रहरी, ट्राफिक प्रहरी शाखा काडाघारी, नेपाल प्रहरी मूलपानी बिट, नेपाल प्रहरी काडाघारी प्रहरी प्रभागका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।