काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा नेकपा एमालेका विदुर विक्रम खड्का …..

काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा नेकपा एमालेका विदुर विक्रम खड्का …..

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २७।

मंगसिर ४ गते हुने प्रदेस सभा निर्वाचनका लागि सिफारिस भएका विदुर विक्रम खड्का अहिले चुनावी तयारीमा सक्रिय बनेका छन।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य तथा काठमाण्डौ क्षेत्र नं ४ का संयोजक समेत रहेका खड्का पछिल्लो समय क्षेत्रको चुनावी रणनीति निर्माण र परिचालनका लागि ठोस योजना निर्माणको काममा जुटेका छन।

नेकपा एमालेको तर्फबाट बुढानिलकण्ठ नगरपालिकाको प्रतिनिधिका रुपमा काम गर्दा द्रुत रेस्पोन्स र कामको गतिलाई हेरेर संचार माध्यमबाट  “विदुर बेग ” को उपनाम पाएका खड्काले २०७९ सालको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ को चुनावी कमाण्ड सम्हाल्ने अवसर पाएका छन।

बोलि र शैलीमा कडा लाग्ने उनलाई पार्टी र राजनीतिमा भने नेकपा एमालेका समकालिन नेता भन्दा प्रखर र जुझारु नेताका रुपमा लिने गरिन्छ।सामाजिक संजाल होस् कि अन्य बहस होस् सदैव पार्टीको पक्षमा दृढ र अग्रपंक्तिमा रहने नेताको पहिचान बनाएका उनि  यस पटकको निर्वाचनमा प्रदेस सभा सदस्यको दावी गर्दै उम्मेदवारमा सिफारिस भएका छन।

हरेक पटक चुनाव आउँदा दावेदारको अग्र भागमा रहे पनि पार्टीले हाल सम्म पनि संसदीय र अन्य कुनै लाभको पदमा जिम्मेवारी दिन कन्जुसाई गर्दा पनि अनवरत रुपमा पार्टीका उम्मेदवारहरुलाई जिताउन सक्रिय रहेका खड्काले यस पटक भने पार्टीले आफुलाई न्याय गर्नेमा ढुक्क रहेको बताउदै आएका छन।

आफुले अहिलेसम्म कुनै संसदीय जिम्मेवारी नपाउंदा पनि अरु केहि नेता जसरि कहिले यता कहिले उता नगरेको र सधै पार्टीको झन्डा बोकेर बिना गुनासो लागेको कुरा नेताहरुले बुझेको हुनुपर्ने बताउने खड्काले यस पटक भने आफ्नो मजबुत दावेदारी रहेको बताउदै आएका छन।

काठमाण्डौ क्षेत्र नं ४ मा संगठन निर्माण र नेकपा एमालेको विस्तारमा लामो समय देखि सक्रिय रहेका खड्काले नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको कार्यालय सचिवको जिम्मेवारी समेत सफलता पुर्वक निर्वाह गरेका थिए।

तपाइँको प्रतिक्रिया ।