रिलायन्स कलेज चाबहिल सरस्वतीनगरको स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं, भाद्र २७ । रिलायन्स कलेज चाबहिल सरस्वतीनगरले स्वागत तथा बिधाई कार्यक्रम सम्पन्न गरेको छ ।रिलायन्स एजुकेसन नेटवर्क भित्र रहेको सो कलेज नेपालकै उत्कृष्ट कलेजमा प्रर्दछ । प्रि–प्राइमरीदेखि मास्टर्स डिग्रीसम्म अध्यापन हुने उक्त कलेजले आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा भब्य समारोहका बीच कक्षा ११ मा नया भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत र कक्षा १२ उत्तीर्ण बिद्यार्थीहरुलाई बिधाई कार्यक्रम सम्पन्न गरेको हो ।
रिलायन्स एजुकेशन नेटवर्कका कार्यकारी अध्यक्ष प्रिन्सिपल रबिन्द्र जंग थापाको अध्यक्षता भएको उक्त कार्यक्रममा नबिल बैंकका डिप्युटि सी इ यो मनोज ज्ञवाली रहेका थिए भने बिशेष अतिथिको रुपमा उत्प्रेरक शृष्टि केसी, नेबी संघका मनोज बैद्य लगायत कलेजका पदाधिकारी, लगायत अभिभावक शिक्षक तथा बिद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रम संचालन रिलायन्स कलेजका गोबिन्द ढकालले गरेका थिए ।राष्ट्रिय गान संगै शुरु भएको सो कार्यक्रमका प्रमुख अतिथि नबिल बैंकका डिप्युटि सी इ यो मनोज ज्ञवालीले पानसमा दिप प्रज्वलन सहित कार्यक्रमको उद्घाटन गरेका थिए ।
भाइस प्रिन्सिपल नन्दु प्रसाद कुशवाहले स्वागत मन्तब्य राखेको कार्यक्रममा कक्षा १२की बिद्यार्थी मर्था गुरुङले स्वागत तथा बिदाई मन्तब्य राखेकी थिइन।उन कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्नेमा ढुक्क हुन नव आगन्तुक विद्यार्थीलाई आग्रह समेत उनले गरेकी थिइन ।कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न गीत, नृत्य मार्फत मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रमका रिलायन्स एजुकेशन नेटवर्कका कार्यकारी अध्यक्ष प्रिन्सिपल रबिन्द्र जंग थापाले नव आगन्तुक बिद्यार्थीहरुलाई स्वागत गर्दै रिलायन्स एजुकेसन नेटवर्क भित्र रहेको यो कलेज नेपालकै प्रि–प्राइमरीदेखि मास्टर्स डिग्रीसम्म पढाइ हुने बताए । करिब ६ सयभन्दा बढी कर्मचारी, ६ हजारभन्दा बढी विद्यार्थीहरू रिलायन्स एजुकेशन यस नेटवर्कभित्र आवद्ध रहेको जानकारी दिदै एउटै छाताभित्र रिलायन्स एजुकेसन नेटवर्कले शैक्षिक क्षेत्रमा उदाहरणीय र अब्बल रूपमा आफूलाई उभ्याएको बताए ।
विक्रम संवत् २०५० सालमा स्थापना भएको रिलायन्स एजुकेसन नेटवर्कभित्र रिलायन्स इन्टरनेशनल एकेडेमी स्कुल, रिलायन्स पब्लिक स्कुल, रिलायन्स किड्स होम, रिलायन्स कोयड र रिलायन्स कलेज गरि ५ वटा शैक्षिक संस्था सञ्चालनमा रहेको समेत उनले जानकारी गराए । एउटा स्थापित शैक्षिक ब्राण्ड र उत्कृष्ट नतिजा ल्याइरहेको रिलायन्स कलेजमा अहिलेसम्म एउटै व्यवस्थापन रहेको ,लामो समयदेखि निरन्तर यहिँ पढाइरहेका दक्ष र अनुभवी शिक्षक शिक्षिकाहरू रहेको बताउदै शैक्षिक पूर्वाधारदेखि विद्यार्थीमैत्री वातावरण रिलायन्समा रहेको बताए ।
विद्यार्थीको लागि आवश्यक ल्याब, लाइबेरीदेखि अन्य अतिरिक्त क्रियाकलापको लागि उपयुक्त सेवा सुविधा उपलब्ध रहेको भन्दै कलेजका उत्पादनहरू हरेक क्षेत्रमा सफल हुनु नै यसको प्रमाण भएको उनको भनाइ थियो ।आफ्नो सुन्दर भविष्यको मार्गचित्र कोर्न रिलायन्स सँग आबद्ध भएका सबै विद्यार्थीलाई उनले स्वागत गरे। कलेजले आजको समय सुहाउँदो विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नका लागि विभिन्न प्रयोगात्मक पद्धति अवलम्बन गर्दै शिक्षण गरिरहेको भन्दै विद्यार्थीको प्रतिभालाई उसको भविष्य बनाउनु कलेजको प्रमुख उद्देश्य भएको समेत उनले बताए ।
त्यसै गरि उनले रिलायन्स कलेजले ब्याचलरमा बि सी ए, बि बि एस, बि ए, र बि एस डब्लु को कार्यक्रममा समेत नयाँ भर्ना खुलेको जानकारी दिदै रिलायन्स परिवारमा नयाँ भर्ना हुने बिद्यार्थीहरुलाई स्वागत गर्न कलेज आतुर रहेको समेत जानकारी गराएका थिए ।कार्यक्रममा लामो समय रिलायन्समा काम गरिरहेका शिक्षक शिक्षिकाहरुलाई बिशेष सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि रिलायन्स कलेज गुणस्तरको पर्याय बनेकै कारण निरन्तर सफलताको यात्रातिर लम्किरहेको धारणा राखेका थिए ।कार्यक्रमका प्रमुख अतिथि नबिल बैंकका डिप्युटि सी इ यो मनोज ज्ञवालीले विद्यार्थीलाई सुझाव दिदै आज आफूले गर्ने निर्णयको भोली जीवनभर आफैले बोक्नुपर्ने भन्दै सही निर्णय लिन, प्रविधिको सही सदुपयोग गर्न र सकारात्मक धारणा बनाउन विद्यार्थीलाई अपिल गरेका थिए । आफ्नो गुणस्तरबाट आफूलाई प्रमाणित गर्न सफल रिलायन्स सँग विद्यार्थीको शैक्षिक यात्रा अर्थपूर्ण बन्ने विश्वास आफूले लिएको उनको भनाई थियो ।
कार्यक्रममा उत्प्रेरक शृष्टि केसीले प्रेरक भनाई सहित उत्प्रेरणा तथा परामर्श प्रदान गरेकी थिइन् थिए धैर्यता नै विद्यार्थीका लागि अपरिहार्य तत्त्व भएको हुँदा जीवनमा धैर्यता नगुमाउन उनले विद्यार्थीलाई सुझाव दिएकी थिइन। थुप्रै कठिनाइ र चुनौती पार गर्दै आफ्नो क्षेत्रमा सफलता हासिल गरेका व्यक्तिहरूको प्रशस्त उदाहरण अनि उनीहरूको संघर्ष सफलताको कथा प्रस्तुत गरेकी केसीले विद्यार्थीहरूलाई नयाँ ऊर्जा प्रदान गरेकी थिइन ।कार्यक्रममा योगा प्रस्तुत गरिएको थियो भने कक्षा १२ कि सृजना कटवाल र कक्षा ११ की बिद्यार्थी त्रिशना बजगाईले धन्यवाद ज्ञापन गरेकी थिइन ।