कपन खरिबोट टोल सुधार समितिको साधारण सभा सम्पन्न

कपन खरिबोट टोल सुधार समितिको साधारण सभा सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २६।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको कपन खरिबोट टोल सुधार समितिको साधारण सभा सम्पन्न भएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ र १२ का  २४३ घरधुरीलाई खानेपानीको सेवा उपलव्ध गराउदै आएको   कपन खरिबोट टोल सुधार समितिले खानेपानी योजना संचालन गरिरहेको छ।

नेपाली कांग्रेसका महामन्त्री तथा काठमाण्डौ क्षेत्र नं ४ का सांसद गगन कुमार थापाको प्रमुख आतिथ्यता र बुढानिलकण्ठ नगरपालिकाका  प्रमूख मिठाराम अधिकारीको विशेष आतिथ्यतामा भएको सो साधारण सभाले निर्वाचन समिति गठन गर्दै  केहि दिन भित्र नयाँ कार्यसमिति चयन गर्ने जानकारी समेत दिएको छ।

सुरुमा ३०३ घर धुरीलाई खानेपानी सेवा उपलव्ध गराउदै आएको समितिले हाल २४३ घरधुरीलाई सेवा दिनुका साथै विभिन्न सामाजिक र  मानवीय सेवाका कामहरु समेत गरेको जानकारी दिदै अध्यक्ष गणेश खड्काले हाल समितिको नाममा करिव ३५ लाख रुपैया मौजात रहेको बताएका छन।

सो अवसरमा जेष्ठ नागरिक र खरिबोट बिकासमा योगदान दिने बिशिष्ट ३० ब्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो।

 

तपाइँको प्रतिक्रिया ।