ओखलढुंगामा ट्रकको ठक्करबाट घाइते युवकको मृत्यु

ओखलढुंगामा  ट्रकको ठक्करबाट घाइते युवकको मृत्यु

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २४।

ओखलढुंगा सदरमुकाममा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका २६ वर्षीय युवाको मृत्यु भएको छ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोलुङ गाउँपालिका-८ माझखर्कका  फुरी शेर्पाको उपचारका लागि काठमाण्डौं लाने क्रममा बाटोमा मृत्यु भएको हो।

सिद्धिचरण नगरपालिका-११ स्थित रमाइलोडाँडामा साइड लगाउने क्रममा ना २ ख ८७७९ नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएपछि उनलाई काठमाडौं पठाइएको थियो।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक केशव अधिकारीका अनुसार ट्रक चालक सिद्धिचरण नगरपालिका-९ ज्यामिरेका राजकुमार श्रेष्ठ र ट्रक अहिले प्रहरी नियन्त्रणमा छन्। घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।

तपाइँको प्रतिक्रिया ।