छ प्रदेश नेकपा (एमाले)को अडान

छ प्रदेश नेकपा (एमाले)को अडान

काठमाडौँ, २४ जेठ । नेकपा (एमाले)को स्थायी समितिको आजको बैठकले प्रदेशको सङ्ख्या छभन्दा बढी हुन नहुने र सीमाङ्कन टुङ्ग्याउने जिम्मा अधिकार सम्पन्न सङ्घीय आयोगलाई दिनुपर्ने अडान कायम राखेको छ ।
UML Election_20140204020952
बैठकले प्रदेशको नाम प्रदेश सभाले तय गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ । संविधान निर्माणको विवादित विषय बनेको निर्वाचन प्रणालीमा निर्वाचित सदस्यको बाहुल्यता हुने गरी बढीमा २७० सदस्य हुुने र दुई सदनात्मक संसदको प्रस्ताव अघि सारेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने चार दलको बैठक अघि संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसेको सो पार्टीका सचिव प्रदीप ज्ञवालीले पत्रकारलाई जानकारी गराउनुभयो ।

बैठकले यथाशक्य चाँडो संविधान निर्माणमा साझा सहमितिलाई जोड दिएर यथाशक्य छिटो संविधान जारी गर्ने र त्यसपछि राष्ट्रिय सरकार गठनमा जोड दिने उहाँले बताउनुभयो ।

तपाइँको प्रतिक्रिया ।