जनताको सेवामा कागेश्वरी मनोहरा नगरपालिकाको १०० दिन , शिक्षा, स्वास्थ्य, खेलकुद र कृषिमा भएका काम

जनताको सेवामा कागेश्वरी मनोहरा नगरपालिकाको १०० दिन , शिक्षा, स्वास्थ्य, खेलकुद र कृषिमा भएका काम

कपन अनलाइन

काठमाडौँ, भाद्र २१ ।  कागेश्वरी मनोहरा नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुले पदबहाली गरेको १०० दिन पुरा भएको र सो अवधी भित्र शुरुवात गरेका कार्यहरुको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ  ।

जनताको सेवामा १०० दिन नाम दिइएको उक्त पत्रकार सम्मेलनमा नगर प्रमुख उपेन्द्र कार्कीले २०७९ साल बैशाख  ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा  अमुल्य मत दिइ नगरपालिकाको समग्र बिकासको जिम्मेवारी दिएकोमा उक्त जिम्मेवारी कुशलतापूर्वक कर्तब्यनिष्ठ  भइ  पुरा गर्ने  प्रतिबद्धता ब्यक्त गरेका छन् ।

निर्वाचित भइ २०७९ साल जेठ ९ गते पदबहाली भए पछि १०० दिन पुरा भएको र सो अवधी भित्र गरिएका महत्वपूर्ण प्रयासहरुको बारेमा उनले जानकारी गराएका हुन ।  नगरपालिकाले सामाजिक विकासलाई मुख्य प्राथमिकता निर्धारण गरि शिक्षा स्वास्थ्य खेलकुद ज्येष्ठ नागरिक, युवा तथा महिला सशक्तीकरण, उद्यमशिलताका साथै भौतिक पूर्वाधारको कार्य अघि बढाइएको उनले जानकारी गराएका थिए ।

उनले शिक्षा तर्फ निम्न काम र प्रयास गरिएको जानकारी गराए ।

१) नगरपालिका नगर शिक्षा ऐन २०७५ को संशोधन गरि शिक्षा ऐन २०२८ अनुकुल बनाइएको ।

२) एक शिक्षक एक ल्यापटप कार्यक्रम अन्तर्गत २०९ जना शिक्षकलाइ ल्यापटप वितरण गरिएको ।

३) सामुदायिक बिध्यालयहरुमा दरबन्दी अभावलाइ व्यवस्थापन गर्न नगरपालिकाको आन्तरिक स्रोत तर्फ बाट उच्च माबी र माबी ICT र कहल्कुद लगायत आवश्यक बिषयमा थप शिक्षकको व्यवस्था गरिएको ।

४) कार्यपालिकाको पहिलो निर्णय बमोजिम बिद्यालयको गुणस्तर सुधारको सुरुवात ECD बाट गर्नेगरि  कक्षाहरुलाई प्रबिधि मैत्री र पूर्वाधारयुक्त बालमैत्री बनाउने निर्णय अनुसार रातो बंगला बिध्यालय संग MOU गरि कार्य अगाडी बढाइएको ।

५) संस्थागत बिध्यालयको दर्ता र नवीकरण शुल्कमा लाग्ने साबिक रकममा २५ प्रतिशत कम गरिएको ।

६) ECD सहयोगी  र बिध्यालय कर्मचारीलाइ नगरपालिकाको आन्तरिक श्रोत बाट थप पारिश्रमिक प्र अ लाइ थप प्रोत्साहन भत्ता तथा सामुदायिक बिद्यालयका सम्पूर्ण शिक्षक कर्मचारीलाइ दिवा खाजा भत्ताको व्यवस्था गरिएको जानकारी गराए ।

त्यसै गरि स्वास्थ्य क्षेत्रमा निम्न काम गरेको जानकारी गराए ।

१) मुलपानी नगर अस्पतालको सेवा विस्तार तथा प्रभाबकारी बनाउन मेडिकल अधिकृत लगायत थप जन शक्ति व्यवस्थापन कार्य अघि बढाइएको ।

 २) मुलपानी नगर अस्पताललाइ १५ शैयाको अस्पताल भवन निर्माणका लागि २० करोड रकम संघिय सरकार बाट विनियोजित भई जग्गा लिज प्रक्रिया जिल्ला प्रशासन कार्यालय बाट निर्णय भएर कार्य अगाडी बढाइएको ।

 ३) मेयर संग ज्येष्ठ नागरिक घरदैलो निशुल्क बिशेषज्ञ स्वास्थ्य शिविर कार्यक्रम अन्तर्गत सबै वडाका ज्येष्ठ  नागरिकहरुको स्वास्थ्य चेकजांच गर्ने उदेश्य  अनुसार वडा नं ९  बाट शुरु गरिएको ।

४) मुलपानी नगर अस्पतालमा दैनिक आउने कोरोना बिरामीहरुको लागि निशुल्क एन्टीजेन  परिक्षण गरिएको ।

५)कागेश्वरी मनोहरा नगरपालिकालाइ कुपोषण र क्षयरोग मुक्त गर्न अभियान शुरु गरिएको ।

६) कागेश्वरी मनोहरा नगरपालिकाको डाँछी स्वास्थ्य संस्थामा शिघ्र कडा कुपोषण ब्यवस्थापनका लागि OTC( Out Treatment Centre) स्थापना गरिएको ) ।

७) सबै स्वास्थ्य संस्थाहरुमा आउने बिरामीहरुको लागि प्रयोगशाला सेवा विस्तारका लागि डाँछी स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा विस्तारको प्रक्रिया अगाडी बढेको ।

८) नगरपालिकामा रहेका सम्पूर्ण महिला स्वास्थ्य स्वयम् सेविकाहरुको लागि यातायात खर्च बृद्दी गरि मासिक ३ हजार रुपैया पुर्याइएको साथै सबै महिला स्वास्थ्य स्वयं सेविका तथा निजहरुको परिवारको निशुल्क स्वास्थ्य बिमा गरिएको ।

९ सामुदायिक बिद्यालयका बिद्यार्थीहरुको निशुल्क रुपमा नियमित स्वास्थ्य परिक्षणका साथै बिध्यालय स्वास्थ्य कार्यक्रम शुरु गरिएको ।

 त्यस्तै गरि खेलकुद क्षेत्रमा निम्न काम गरेको जानकारी गराइएको थियो ।

१) नगरपालिकाको गौरवको योजनाको रुपमा नगरपालिकालाई खेलकुद नगरीको रुपमा विकास गर्न आवश्यक नीति निर्माणमा जुटीएको ।

२) नियमित रुपमा बिध्यालयस्तर र सामुदाय स्तरमा खेलकुद प्रतियोगिता संचालन गर्न व्यवस्था गरिएको ।

त्यसै गरि कृषि  तथा पशुपालनमा निम्न काम भएको जानकारी गराए ।

१) किसानहरुले प्राप्त गर्ने सुबिधा व्यवस्थित गर्न किसान कार्डको शुरुवात गरिएको ।

२) वर्षा तथा बाढीका कारण क्षती भएको  बालि तथा पशुधनका लागि किसानहरुलाई राहत रकम बितरण गरिएको ।

३) व्यवसायिक तथा अर्गानिक कृषि व्यवसाय प्रवर्धनका लागि अनुदानको व्यवस्था गरिएको जानकारी गराएका थिए  ।

तपाइँको प्रतिक्रिया ।