काठमाडौं क्षेत्र नं ३ (१ ) मा नेपाली कांग्रेसका २४ उम्मेदवार सिफारिस, को को परे ?

कपन अनलाइन

काठमाडौँ, भाद्र २१ ।  नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३  (१ ) ले मंगसिर ४ गते हुने प्रदेश सभा सदस्य उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३  (१ ) का सभापति श्रीराम चालिसेको अध्यक्षतामा बसेको बैठकले प्रत्यक्ष तर्फ  १० जना र समानुपातिक तर्फ १४  जनाको नाम सिफारिस गरेको हो ।नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३  (१ ) का सभापति श्रीराम चालिसेका अनुसार  प्रदेश सभा उम्मेदवारका आकांक्षीहरुको  मनोभावनालाइ कदर गर्दै पार्टीलाई एकतावद्द बनाएर लैजानको लागि आकांक्षी सबैको नाम सिफारिस गरिएको बताए।

सो बैठकले प्रत्यक्ष तर्फ श्रीराम चल्सिए, राधाकृष्ण पुडासैनी, नातिकाजी कार्की(अजय), कुमार राज सुवेदी, डा. सुन्दर सिंह बोहोरा, दिपेन्द्र लामा, छिरिंङ दोर्जे लामा, भोला सिग्देल, चन्द्र दिप लामा, जितेन्द्र धिताल रहेका छन भने  समानुपातिक तर्फ महिलामा नानु दाहाल, सत्यभामा श्रेष्ठ, स्मृति ढुंगाना, जानुका भण्डारी श्रेष्ठ, शोभा दाहाल त्यसै गरि पुरुष तर्फ युवलाल विश्वकर्मा, राजन कुमार पोख्रेल, दिवाकर न्यौपाने, दुर्गा बराल, केशब पुडासैनी, नबिन वज्र लामा, लालु लामा, अनिल ध्वज कार्की, आङ्गफुरी शेर्पाको नाम सिफारिस गरेको छ ।

तपाइँको प्रतिक्रिया ।