मेन्दोक शेर्पाको प्रश्न : स्थानीय निर्वाचनमा कार्यपालिका सदस्य बन्न योग्य म अहिले कसरी अयोग्य ?

मेन्दोक शेर्पाको प्रश्न : स्थानीय निर्वाचनमा कार्यपालिका सदस्य बन्न योग्य म अहिले कसरी अयोग्य ?

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २१ ।

बुढानिलकण्ठ नगरपालिकाकी कार्यपालिका सदस्य मेन्दोक शेर्पा भर्खरै भएको स्थानीय तहको निर्वाचनमा नगर कार्यपालिका सदस्य बन्न योग्य रहेको आफु कसरि अहिले अयोग्य ? भन्ने प्रश्न गरेकी छन।

जिल्ला निर्वाचन कार्यालय अनामनगरले २४ घण्टा भित्र उपस्थित हुन् भन्दै पत्र तथा टेलिफोनबाट निर्देशन दिए संगै सम्पूर्ण सक्कल कागजात सहित निर्वाचन कार्यालय पुगेकी शेर्पाले मतदाता परिचय पत्रको प्रयोग गरेर गत स्थानीय तहको निर्वाचनमा मतदान गर्नुका साथै कार्यपालिकामा निर्वाचित भएको मान्छे कसरि अहिले मतदान गर्ने अयोग्य भयो ? भन्ने प्रश्न गरेकी छन।

काठमाण्डौ क्षेत्र नं ४ को बुढानिलकण्ठ नगरपालिकामा राज्य सत्ताको चरम दुरुपयोग गर्दै निर्वाचन आयोग समेतको प्रयोग भएकोमा दुख व्यक्त गर्दै उनले आगामी निर्वाचनमा पराजित हुने डरले यस्तो निक्रिस्ट हर्कत गर्नु खेद जनक रहेको बताएकी छन।

१५ वर्ष सम्म काठमाण्डौ क्षेत्र नं ४ को सांसदका रुपमा प्रतिनिधित्व गर्दा कुनै माखो नमारेका नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापालाई सहयोग गर्नका लागि निर्वाचन आयोगले गरेको यो गलत कामको प्रतिरोध गर्ने बताउदै उनले सत्य तथ्य कुराको छानविनका लागि सम्बन्धित निकायहरु संग आग्रह समेत गरेकी छन।

 

तपाइँको प्रतिक्रिया ।