काठमाण्डौ-४ (२) : विदुरविक्रम खड्का र लक्ष्मी संग्रौलालाई नेकपा एमालेका उद्दव खरेलको समर्थन

काठमाण्डौ-४ (२) : विदुरविक्रम खड्का र लक्ष्मी संग्रौलालाई नेकपा एमालेका उद्दव खरेलको समर्थन

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २१ ।

नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य उद्दव प्रसाद खरेलले काठमाण्डौ क्षेत्र नं ४ ( २ ) को प्रदेस सभा सदस्य पदका लागि आफ्नो दरिलो दावेदारी रहेको बताएका छन।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीले तल्लो कमिटीबाट सिफारिस भएका उम्मेदवार विच गरेको छलफलमा बोल्दै बुढानिलकण्ठ नगरपालिकाका पुर्व प्रमुख समेत रहेका खरेलले प्रदेस सभामा आफुले उम्मेद्वारी दिन पाउनु पर्ने भन्दै लामो ब्याख्या समेत गरेका थिए।

भाद्र २० गते बेलुका करिव ८ बजे सम्म चलेको छलफलमा खरेलले यदि आफुले प्रदेस सभामा उम्मेदवार बन्ने अवस्था नभएको खण्डमा जिल्ला कमिटी सदस्यद्वय विदुर विक्रम खड्का वा लक्ष्मी संग्रौलालाई उम्मेदवार सिफारिस गर्नुपर्ने धारणा राखेका थिए।

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ (२ ) ले नौ जना उम्मेदवार सिफारिस गरेकोमा प्रदेस क्षेत्रका सचिव गोविन्द कटवालले आफ्नो नाम फिर्ता लिए संगै ८ जना नेता दौडमा रहेका छन।

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ (२ ) को उम्मेदवार बन्ने दौड्मा उद्दव प्रसाद खरेल , विदुर विक्रम खड्का ,लक्ष्मी संग्रौला ,राजन कुमार पोखरेल , दुर्गा थापा ,जयराम थापा ,श्री कृष्ण श्रेष्ठ र जगत प्रसाद निरौला बाँकी रहेका छन।

तपाइँको प्रतिक्रिया ।