कपन बहुमुखी क्याम्पसको संचालक समिती चयन ,अध्यक्षमा कुमार प्रसाद ओझा
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २०।
कपन बहुमुखी क्याम्पसको संचालक समिती चयन भएको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० कपनमा रहेको कपन बहुमुखी क्याम्पसको तेस्रो क्याम्पस सभाले कुमार प्रसाद ओझाको अध्यक्षतामा २१ सदस्यीय क्याम्पस व्यवस्थापन समिति चयन गरेको हो ।
शनिवार बूढानिलकण्ठ नगरपालिका वडा नं १० कपनमा रहेको कार्की इभेन्टसमा भएको तेस्रो क्याम्पस सभाबाट ओझा चौथो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष भएका हुन् ।
त्यसैगरी सो क्याम्पस सभाबाट वरिष्ठ उपाध्यक्षमा भवानी दाहाल, उपाध्यक्षमा मीना पराजुली निर्वाचित भएका छन् भने सदस्यहरुमा केदारराज पुडासैनी ,संगम गहतराज ,लक्ष्मि प्रसाद संग्रौला,रमादेवी राई ,माधव प्रसाद आचार्य, हरीराम ढुंगाना ,तेजकुमार केसी ,डोरप्रसाद आचार्य ,शंकरराज न्यौपाने, श्याम कुमार तिम्सिना ,इ.राजेन्द्र प्रसाद पौडेल,प्रा.डा.कमल गौतम,सुरेश तामाङ,शारदा आचार्य,संजिता पौडेल ,महिन्द्र सुनार,बलराम पराजुली र सन्तोष तिमल्सिना चयन भएका छन्।