जनजिविका सहकारी र लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसको स्वास्थ्य शिविर तथा रक्तदान सम्पन्न

कपन अनलाइन

काठमाडौँ, भाद्र १९।  गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।  जनजिविका सहकारीको बार्षिक उत्सबको उपलक्ष्यमा लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियस र  जनजिविका सहकारीको संयुक्त आयोजनामा शुक्रबार सम्पन्न उक्त कार्यक्रममा  १५ जनाले रक्तदान गरेको र स्वास्थ्य शिबिर अन्तर्गत  नाक, कान, घांटी र  आँखाको ५२ जनाले परिक्षण गरेको लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसका चार्टर प्रेसिडेन्ट विख्यात प्रसाद थपलियाले कपन अनलाइनलाइ जानकारी गराए ।

पछिल्लो समय उपत्यकामा डेंगुका बिरामी बढ्दै गरिरहेको र बिरामीहरुको लागि उपचारमा  आवश्यक रगत  अभाव    भएको कारण  सोहि रगत अभाबलाइ पूर्ति गर्न सहयोग पुगोस भन्ने उदेश्य सहित जनजिविका सहकारी संगको सहकार्यमा आकस्मिक रक्तदान र स्वास्थ्य शिबिर  कार्यक्रम आयोजना गरेको पनि चार्टर प्रेसिडेन्ट थपलियाले जानकारी गराए।

जनजिविका सहकारीका अध्यक्ष नारायण कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक डीका डिष्ट्रिक गभर्नर लायन बिष्णु भाइ श्रेष्ठ ,सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन सुरेन्द्र प्रकाश बलाय, क्याबिनेट सेक्रेटरी लायन महेश आचार्य लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसका प्रेसिडेन्ट बुद्द बजगाई लगायत आयोजक संस्थाहरुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।