ओखलढुंगाका चार कांग्रेस नेताहरु प्रतिनिधि सभा सदस्य उम्मेदवारमा सिफारिस , प्रदेसमा को को ?

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १९।

नेपाली कांग्रेस ओखलढुंगाले प्रतिनिधि सभा तथा प्रदेस सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको ।

नेपाली  कांग्रेसले प्रतिनिधि सभा तर्फ केन्द्रिय सदस्य  प्रदिप कुमार सुनुवार, केन्द्रिय सदस्य  रामहरि खतिवडा, खिलानाथ दाहाल र बालकृष्ण दाहालको नाम सिफारिस गरेको छ ।

त्यस्तै  प्रदेश तर्फ क मा प्रत्यक्षतर्फ गंगाबहादुर कार्की, राजकुमार ढुंगाना, सर्वधन तामाङ, नविन राई, बद्री दाहाल, टेकराज भट्टराई, बेदबहादुर रोका लगायत १४ जना नेताहरु सिफारिसमा परेका छन भने  प्रदेश ख मा प्रत्यक्ष तर्फ कुमार लुईटेल, रुद्र अधिकारी, राजन कुमार सुवेदी ,बाला अधिकरी  लगायत ७ जना नेताहरुको नाम सिफारिस भएका छन  भने प्रतिनिधि सभामा समानुपातिक तर्फ महेश कोर्मोचा, गोमा केशी र बाला अधिकारी, डेकराज भट्टराई र हेमालक्षी राई छन् ।

प्रदेशतर्फ तिर्थ राज थापा, पेम निमा शेर्पा, हेमालक्षी राई लगायत १२ जना र प्रदेश ख सविता राई, कुमार श्रेष्ठ, लेखबहादुर राई लगायत १२ जना नेताहरु सिफारिसमा परेका छन् ।

को को भए सिफारिस ?

 

तपाइँको प्रतिक्रिया ।