“गोर्खे सम्राट नियुक्ति”

कपन  अनलाइन 

काठमाडौं, भाद्र १७/ अमर प्रकाश तिवारी

 त्यो गोर्खे त अब टोले सम्राट भएछ । हिजो भर्खर नियुक्ति पाएको गोर्खे अब स्थानिय राजा रे । अचानक घर अगाडि होहल्ला भएको सुनेर आङ् तान्दै सुन्तली कराउँछे, हैन के भा हो.. ? गोर्खे चुहिएको छानोबाट आएको पानीलाई बाटामा थाप्दै भन्छ, खै हाम्रै घर अगाडि सम्राट..सम्राट भन्दै हल्ला गर्दै आका छन्, किन हो कुन्नि? सिम सिम पानी परिरहेकै छ, पराल र खरले छाएको छानोबाट चुहिँदै गरेको पानीलाई व्यवस्थापन गर्दै गरेको अवस्थाले गोर्खेको कष्ट दर्शाउँदै थियो । अगेनामा बालेको दाउरामा पानीको थोपा खस्दै भिजेको थियो र उमाल्दै गरेको बिहानको दूध पनि उम्लिन पाएको थिएन ।

बडो कस्तापुर्बक आगो बल्दै निभ्दै थियो । आङ तान्दै गरेकी सुन्तलीलाई, गोर्खेले भन्यो हैन कति सुत्छेस्, उठ्न बाहिर किन भीड भएको हेर्न जा न हो । यहाँ कान्छो उठ्ने बेला भयो, दूध खोज्छ आहिले । सुन्तली भन्छे, ‘तिमी त राजा भएछौ’ भनेर हल्ला गर्दै छन् त बाहिर ? सुन्तलीको यो आवाजले गोर्खे झस्किन्छ, के भेन्छे यो, अचम्म मान्दै भन्छ, सुन्तली, ए सुन्तली के रे, म राजा भए रे, त रानी भईस तेसो भए, मुसुक्क मुस्कुरौदै गोर्खे निभ्न लागेको आगोलाई फू .. फू… गर्दै बाल्ने कोसिस गर्छ । यसो सोच्दै मन मनै भन्छ, के भन्छे यो सुन्तली, बौलाही कि क्या हो ? बाहिर त ठुलै भीड छ, मान्छे पनि धेरै जम्मा भएका छन, के रहेछ हेर्ने पर्यो, च्यतिएको ढाका टोपी मिलाउदै अनौठो पारामा गोर्खे झ्याल बाट बाहिर चिहाउछ । समाज परिबर्तन भएकोछ ।
बिबादित र बद्नामिहरुले नै नेतृत्व बर्गका नेताहरुको गास, बास र कपासको जोहोका साथै ठुलै नजराना दिने परिपाटी हाम्रो गाउ पालिकाबाट अब हटेछ । गोर्खे जस्तो इमानदारलाई राजनीतिक नियुक्ति दिनु भनेको स्वस्थानीमा नबराजलाई राजा बनाएकै जस्तो हो । गोर्खेको घर अगाडी यस्तै हल्ला थियो, गाई गुइ राजा रजौटा, सम्राट, बिचरा सुन्तली र गोर्खेलाई के थाहा, के भयो भन्ने । परिबर्तन हामीबाट नै सम्भब छ, हाम्रो पालिकाको यो नया परिबर्तनले देशकै नियुक्ति प्रणालीमा परिबर्तन गर्छ, हामी बाट नै परिबर्तन सम्भब छ, आज गोर्खेले पाएको यो नियुक्ति संगै हाम्रो नियुक्ति प्रणालीमा क्रान्ति भएको ठान्छौ । अझै हल्ला यस्तै छ, गोर्खेको आगनमा । आमै हाम्रो घर आगाडी त फूल माला, के के लिएर आएका छन् त, बुडो…. । मलाई त डर पो लाग्यो है । यो फूल माला देखेर…. को मर्यो कि, क्या हो ? झोले, पिछलग्गु र पैसो को चलखेल हाम्रो पालिकामा अब रहेन ।
हिजो राजाले गरेको जस्तो परिपाटी पनि छैन, अहिले देशभरका नेताहरुले गरको जस्तो पनि होइन, यो नौलो र ऐतिहासिक नियुक्ति हामीले सम्भब रहेको जनाएका छौ । हामीले गरेको क्रान्तिको बिजारोपण भयो, अब देशभर लागु गर्नु पर्छ, अनपढ गवार, पैसोको बलमा चाप्लुसी गरेर हुने नियुक्तिको बिरुद्धमा हाम्रो आवाज बुलन्द गर्नुपर्छ । हाम्रो गोर्खेको यो नियुक्ति तेसैको लागि हो, हामी सचेत भएको जानकारी, हामी समाज, राष्ट्र प्रेमी भएको जानकारी, हामीले खबरदारी गरेको जानकारी ।…त्यो गोर्खेको आगनमा यस्तै गाई….गुई… गाई….गुई… । डर, त्रास र अन्यौल बीच सिम सिम परेको पानिको प्रबाह नगरी सुन्तली र गोर्खे घरको ढोका खोल्दै बाहिर  निस्कन्छ  ।
त्यो भिडले गोर्खे र सुन्तलीलाई सम्मान गर्छन, माला खादा, अबिर जात्रा गर्छन, सुन्तली र गोर्खे लाई बोक्छन र पालिका परिक्रमा गराउछन । यो सब हुदै गर्दा पनि ती सुन्तली र गोर्खे अन्यौलमा छन्, अझै बुझेका छैनन् । यता गोर्खेलाई भने अर्कै पिर छ । बर्षात रोकियो, कहिँ त्यो आगो बलेर कराईको दुध उम्लेर पोखिन्छ कि, बडो चिन्तामा छ, उसलाई बोक्ने भीड भने उसलाई बोकि नै रहेका छन् ? उता सुन्तली त्यो भिडको बिचमा नाच्दै छिन, बिना बुझाई, बिना अर्थ, त्यसै.. ।
( लेखक कागेश्वरी मनोहरा नगरपालिका  वडा  नं ६ निवासी हुन।  उनले  राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन  भने उनि नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि समेत हुन। )
तपाइँको प्रतिक्रिया ।