असहाय गाईबाछा संरक्षण अभियानका लागि खरिद गरिएको पशु एम्बुलेन्स हस्तान्तरण

असहाय गाईबाछा संरक्षण अभियानका लागि खरिद गरिएको  पशु एम्बुलेन्स हस्तान्तरण

कपन अनलाइन 

 काठमाडौँ,भाद्र १७ । असहाय गाईबाछा संरक्षण अभियानका लागि खरिद गरिएको  एम्बुलेन्स हस्तान्तरण गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिकाले  सडकमा अलपत्र गाईबाछाहरुको उद्धारलाई सहज बनाउन पशु एम्बुलेन्स खरिदका लागि असहाय गाईबाछा संरक्षण अभियानलाइ  करिब २३ लाख रुपैया प्रदान गरेको थियो, त्यहि रकम  बाट खरिद गरिएको पशु एम्बुलेन्स आज एक कार्यक्रमका बीच कागेश्वरी मनोहरा नगरपालिका प्रमुख  उपेन्द्र कार्की, गोकर्णेश्वर नगरपालिका  प्रमुखदिपक कुमार रिसालले संयुक्त रुपमा असहाय गाईबाछा संरक्षण अभियानका संयोजक   उत्तम पुडासैनीलाई  हस्तान्तरण गरेका हुन ।

गोठाटार स्थित  असहाय गाईबाछा संरक्षणस्थलमा भएको  उक्त कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका उप प्रमुख शान्ता थापा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा ,कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरिभक्त पुडासैनी  गोकर्णेश्वर नगरपालिका वडा नं  ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, वडा नं ४ का वडा अध्यक्ष जयराम महत, काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष भुवन लामा ,गोकर्णेश्वर नगरपालिकाको पूर्व उप प्रमुख शान्ती नेपाल लगायत सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो ।

पशु एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्ने वक्ताहरुले सडकमा अलपत्र गाईबाछाहरुको उद्धारलाई सहज बनाउन पशु एम्बुलेन्स खरिदको खुसि ब्यक्त गरेका थिए उनीहरुले आगामी दिनमा पनि यस्ता कार्यमा सहयोग रहने बताएका थिए । सडकमा अलपत्र गाईबाछाको उद्धारमा कृयाशिल असहाय गाईबाछा संरक्षण अभियानको आश्रयस्थलमा झण्डै २०० वटा गाईबाछाले संरक्षण पाईरहेका छन भने अभियान अन्तर्गत सडकमा अलपत्र छाडिएका गाईबाछाहरुको उद्धार हरेक दिन गरिंदै आएको छ ।स्वयंसेवी स्तरमा संचालित अभियानमा ब्यापक जनसमर्थन रहँदै आएको अभियानका संयोजक उत्तम पुडासैनीले जानकारी गराए ।

 एम्बुलेन्स खरिदको लागि प्राप्त सहयोग संगै अभियानमा नयाँ आयाम थपिएको  जानकारी दिदै  उक्त एम्बुलेन्स  अलपत्र गाईबाछाको उद्धार लगायत उनीहरुको उपचारका लागि प्रयोगमा ल्याउने बताउदै पबित्र कार्यमा नगरले गरेको सहयोगको लागि नगरपलिकालाई धन्यवाद दिएका थिए  ।

तपाइँको प्रतिक्रिया ।