काठमाण्डौ-५ मा नेपाली कांग्रेसका डा.प्रकाश शरण महत सर्वसम्मत ,वैकल्पिकमा श्याम खडका

काठमाण्डौ-५ मा नेपाली कांग्रेसका डा.प्रकाश शरण महत सर्वसम्मत ,वैकल्पिकमा श्याम खडका

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १६।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ५ ले प्रवक्ता डा. प्रकाश शरण महतको नाम सर्वसम्मत सिफारिस गरेको छ।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र  नं ५ क्षेत्रीय समितीले डा.महतको नाम सहित वैकल्पिक उम्मेदवारमा क्षेत्रीय सभापति श्याम बहादुर  खड्काको नाम सिफारिस गरेको हो।

काठमाण्डौ महानगरपालिकाका चार,टोखा नगरपालिकाका छ र बुढानिलकण्ठ नगरपालिकाका ५ वटा रहेको काठमाण्डौ क्षेत्र नं ५ मा नेपाली कांग्रेसले प्रेमबहादुर खड्का,दामोदर खड्का र रमेश खड्काको नाम पनि आकांक्षी उम्मेदवारका रूपमा सिफारिस क्षेत्रीय सभापति खड्काले जानकारी दिएका छन।

२०७४ सालको निर्वाचनमा यस क्षेत्रमा नेकपा एमालेका  बरिस्ट उपाध्यक्ष ईश्वर पोखरेल र नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महत विच प्रतिस्पर्धा भएको थियो।

सो निर्वाचनमा विजयी बनेका उपाध्यक्ष  पोखरेलको नाम यस पटक पनि नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ५ ले  सर्वसम्मत सिफारिस गरिसकेको छ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।