काठमाण्डौ क्षेत्र नं ४ (१ ) मा नेकपा एमालेका उद्दव प्रसाद खरेल !
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १६।
नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीले भाद्र १७ गते प्रदेस सभा सदस्यको उम्मेदवार सिफारिस गर्न निर्देशन दिए संगै काठमाण्डौ क्षेत्र नं ४ मा पनि सम्भावित उम्मेदवारहरुको दौडधुप र चर्चा परिचर्चा व्यापक बनेको छ।
काठमाण्डौ महानगरपालिकाका चार र बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडा रहेको काठमाण्डौ क्षेत्र नं ४ मा उम्मेदवार सिफारिस गर्ने समय नजिकिदै गर्दा धेरै सम्भावित उम्मेदवारहरुको वारेमा चर्चा व्यापक बनेको छ।
यस्तै चर्चा परिचर्चाका विच काठमाण्डौ क्षेत्र नं ४ ( १ ) का नेकपा एमाले बागमती प्रदेस सभा सदस्य तथा काठमाण्डौ क्षेत्र नं ४ का पुर्व पार्टी प्रमुख उद्दव प्रसाद खरेलको नाम पनि प्रवेस पाएको भन्ने विषयले राजनीतिक माहोललाई निकै तताएको छ।
काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा प्रदेस सभा सदस्य दावी गरेका खरेल लामो समय देखि काठमाण्डौ क्षेत्र नं ४ को राजनीतिमा सक्रिय रहेर कुशल संगठक र कार्यकर्ता माझ लोकप्रिय रहेको भन्दै काठमाण्डौ क्षेत्र नं ४ (१ ) मा उम्मेदवार बन्न सक्ने सम्भावना बढेको चर्चाले क्षेत्रको राजनीतिमा तरंग पैदा गरेको छ।
बुढानिलकण्ठ नगरपालिकाको प्रमुख पदमा रहेर ५ वर्ष सफलता पुर्वक काम गरेका खरेल काठमाण्डौ क्षेत्र नं ४ (१ ) मा उम्मेदवार बन्न सक्ने राजनीतिक हल्ला मात्र हो कि वास्तविक चर्चा हो ? त्यो भने भाद्र १७ गते उम्मेदवार सिफारिस हुँदा छर्लंग हुने एक क्षेत्रीय सदस्यले बताएका छनछ।