कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानी नगर अस्पतालका लागि कर्मचारी आवश्यकता
कपन अनलाइन
काठमाडौं भाद्र १५ । कागेश्वरी मनहरा नगरपालिकाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । नगरपालिकाले मूलपानी नगर अस्पतालमा करार सेवामा पदपूर्ति गर्नेगरी कर्मचारी माग गरेको हो।
मेडिकल अधिकृत, डेन्टल सर्जन, सहायक कृषि प्रसार अधिकृत, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, रेडियोग्राफरलगायत १६ पदमा दरखास्त आह्वान गरिएको छ। आजको मितिले १५ दिनभित्र आवेदन दिन सकिने छ।
तपाइँको प्रतिक्रिया ।