कागेश्वरी मनोहरा नगरपालिकाले गर्यो सल्लाहकारहरु नियुक्त
कपन अनलाइन
काठमाडौं भाद्र १५। कागेश्वरी मनोहरा नगरपालिकाले सल्लाहकारहरु नियुक्त गरेको छ ।नगर प्रमुख उपेन्द्र कार्कीको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले सल्लाहकारहरु नियुक्त गर्ने निर्णय गरेको हो ।बैठकले नगरपालिकाको प्रमुख राजनीतिक सल्लाहकारमा सुशिल फुयाँललाई नियुक्त गरेको छ ।
त्यसैगरी कानूनी सल्लाहकारमा अधिवक्ता विश्वनाथ खनाल र न्यायिक समितिको सल्लाहकारमा अष्टलाल श्रेष्ठलाई नियुक्त गरिएको छ ।नवनियुक्त कानूनी सल्लाहकार विश्वनाथ खनाल र न्यायिक समितिको सल्लाहकार अष्टलाल श्रेष्ठले आफूलाई दिइएको जिम्मेवारी बमोजिम नगरपालिकाको हितका लागि कार्य गर्ने बताएका छन ।कानूनी सल्लाहकारमा नियुक्त विश्वनाथ खनाल र न्यायिक समितिको सल्लाहकारमा नियुक्त अष्टलाल श्रेष्ठ कानुन व्यवसायी हुन् ।
तपाइँको प्रतिक्रिया ।