काठमाण्डौमा नेकपा एमालेका चार नेता सर्वसम्मत , को को बने ?
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १६।
काठमाण्डौ जिल्लाका १० निर्वाचन क्षेत्र मध्ये चार वटामा प्रतिनिधि सभा सदस्यका लागि सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन।
मंगसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न बसेको क्षेत्रीय कमिटीको बैठकले चार क्षेत्रमा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।
क्षेत्रीय कमिटीको बैठकबाट सर्वसम्मत सिफारिस हुनेमा क्षेत्र नं २ मा मणिराम फुयाल ,क्षेत्र नं ३ मा कृष्ण राई ,क्षेत्र नं ५ मा ईश्वर पोखरेल र क्षेत्र नं ८ मा राजेश शाक्य रहेका छन।
भाद्र १५ गते प्रतिनिधि सभा सदस्यमा उम्मेदवार सिफारिस गरेको नेकपा एमालेले १७ गते प्रदेस सभा सदस्य उम्मेदवार सिफारिस गर्ने तयारी गरेको छ।
तपाइँको प्रतिक्रिया ।