भाद्र २२ भित्र उम्मेदवारको नाम सिफारिस गर्न नेकपा एमालेको निर्देशन : क्षेत्रीय कमिटीले सिफारिस गर्ने

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ११।

नेकपा (एमाले) ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि यही भाद्र  २२ गते भित्र उम्मेदवारहरुको  नाम सिफारिस गर्न निर्देशन दिएको छ ।

शनिबार सम्पन्न केन्द्रीय कमिटीको चौथो बैठकले २२ गतेभित्र उमेदवार सिफारिस गरिसक्न र सोहीअनुसार काम थाल्न निर्देशन दिएको हो ।

पार्टीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले प्रतिनिधिसभाको उमेदवार सिफारिस गर्ने प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन।उनका अनुसार एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा भने जिल्ला कमिटीको बैठकले उम्मेदवार सिफारिस गर्नेछ ।

तपाइँको प्रतिक्रिया ।