एन प्याब्सन गोकर्णेश्वर द्वारा एसइई उत्तीर्ण बिद्यार्थी तथा कर्मचारीहरुलाइ सम्मान

कपन अनलाइन

काठमाडौँ, भाद्र १० । राष्ट्रिय निजि तथा आवासीय बिध्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) गोकर्णेश्वरले एसइई उत्तीर्ण  बिद्यार्थी  तथा कर्मचारीहरुलाइ  सम्मान गरेको छ । भेनस नेसनल कलेज  गोकर्णे श्वर ८ बेसीगाउमा बिहिबार राष्ट्रिय निजि तथा आवासीय बिध्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) गोकर्णेश्वरका अध्यक्ष मोहन अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल रहेका थिए ।

कार्यक्रममा बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका उप प्रमुख सान्नानी लामा, राष्ट्रिय निजि तथा आवासीय बिध्यालय एसोसिएसन नेपाल (एन प्याब्सन)का केन्द्रीय अध्यक्ष पाण्डब हमाल, गोकर्णेश्वर नगरपालिका युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख दण्डपाणी शर्मा,  राष्ट्रिय निजि तथा आवासीय बिध्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) केन्द्रीय सहअध्यक्ष सुवास न्यौपाने, गोकर्णेश्वर नगरपालिका युवा खेलकुद तथा शिक्षा शाखाका अधिकृत टेकेन्द्र ढकाल, गोकर्णेश्वर नगरपालिका युवा खेलकुद तथा शिक्षा शाखाका स्रोत ब्यक्ति राम नारायण शाह,नेसनल प्याब्सनका केन्द्रीय महासचिब पारसमणि दाहाल, उप महासचिब  प्रकाश चन्द्र खड्का काठमाडौं जिल्ला अध्यक्ष खडक बस्नेत, मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामा, भेनस नेसनल कलेजका प्रमुख कृष्ण गौतम,एन प्याब्सन गोकर्णेश्वर नगर कमिटिका सल्लाहकार राजेश कुमार बिष्ट,निसान अध्यक्ष सौर्यनाथ आचार्य, इसानका पूर्व अध्यक्ष राजकुमार श्रेष्ठ प्याब्सन गोकर्णेश्वर अध्यक्ष दुर्गा नाथ शिवाकोटी लगायत एन प्याब्सनमा आवद्द बिध्यालयका प्रतिनिधि राष्ट्रिय निजि तथा आवासीय बिध्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) गोकर्णेश्वरका पदाधिकारी सहित बिद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रम संचालन शुभकामना स्कुलका  प्रकाश अधिकारीले गरेका थिए ।

राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बिशेष अतिथिहरुले गमलामा पानी हालेर गरेका   थिए । एन प्याब्सनका सदस्य   झलकमान तामाङले स्वागत मन्तब्य राखेको कार्यक्रममा राष्ट्रिय निजि तथा आवासीय बिध्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) गोकर्णेश्वरका अध्यक्ष मोहन अधिकारीले कार्यक्रमको उदेश्य माथी प्रकाश पार्दै एन प्याब्सन गोकर्णेश्वरले गरेका कामको बारेमा चर्चा गरेका थिए  गोकर्णेश्वर नगरपालिका संग सहकार्य गर्नराष्ट्रिय निजि तथा आवासीय बिध्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) गोकर्णेश्वरले  बिधान निर्माण  अन्तिम  चरणमा रहेको समेत जानकारी गराएका थिए   ।

कार्यक्रममा   राष्ट्रिय निजि तथा आवासीय बिध्यालय एसोसिएसन नेपाल (एन प्याब्सन)का केन्द्रीय अध्यक्ष पाण्डब हमाल, गोकर्णेश्वर नगरपालिका युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख दण्डपाणी शर्मा,  राष्ट्रिय निजि तथा आवासीय बिध्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) केन्द्रीय सहअध्यक्ष सुवास न्यौपाने, इसानका पूर्व अध्यक्ष राजकुमार श्रेष्ठ ,प्याब्सन गोकर्णेश्वर अध्यक्ष दुर्गा नाथ शिवाकोटी लगायतले शुभकामना मन्तब्य राख्दै  विद्यार्थीले राम्रो नतिजा ल्याउन विद्यालय र शिक्षकको पनि उत्तिकै भूमिका रहने भएकाले अध्यापनमा गुणस्तरियतालाई शिक्षकले जोड दिनुपर्ने धारणा राख्दै   सम्मानित हुने सबै विद्यार्थी तथा  कर्मचारीहरुलाई बधाई तथा शुभकामना दिएका थिए । उनीहरुले  कक्षा ११ सुरु गरिसकेका विद्यार्थीले जिपिए हेरेर बस्ने नभई दह्रो इच्छाशक्ति लिएर अगाडी बढ्नुपर्नेमा जोड दिदै  सफल हुनको लागि मनोबल बढाउने  र मेहनत गर्नुपर्नेमा जोड दिइएका थिए  एन प्याब्सनले स्थानीय निकाय संग सहकार्य गर्न तत्पर रहेको  बताएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल उप प्रमुख सान्नानी लामाले एस ई ई उत्तीर्ण विद्यार्थी र सम्मानित कर्मचारीहरुलाई बधाई दिदै   गोकर्णेश्वरलाइ शैक्षिक हब बनाउनको लागि सबै संग सहकार्य गर्न नगरपालिका तत्पर रहेको  बताएका थिए । उनीहरुले  गोकर्णेश्वर नगरपालिकाले स्थानीय पाठ्यपुस्तक  लागु गरेको हुँदा उक्त पाठ्यपुस्तकलाइ  सबै बिध्यालयले उक्त पाठ्यक्रमको पठनपाठन गराउन समेत अनुरोध गरेका थिए । उक्त पाठ्यपुस्तकले  स्थानीय भाषा, शैली र परम्परासँग चिरपरिचित गराउने र थप व्यवहारीक शिक्षा समेत प्रदान गर्ने  हुँदा सबै बिद्यालयले  स्थानीय पाठ्यपुस्तक लागु गर्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममाएन प्याब्सनमा आवद्द बिध्यालयका  एस ईई उत्तीर्ण बिद्यार्थी, नन टिचिङ कर्मचारीहरुलाइ सम्मान गरिएको थियो भने कार्यक्रममा   शुभ बिहानी मन्टेश्वरीका शिक्षिकाहरुले नृत्य मार्फत मनोरञ्जन प्रदान गरेको कार्यक्रममा  राष्ट्रिय निजि तथा आवासीय बिध्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) गोकर्णेश्वरका अध्यक्ष मोहन अधिकारीले धन्यवाद ज्ञापन सहित कार्यक्रम समापन गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।