काठमाण्डौ क्षेत्र नं ८ ( १ ) मा को बलियो ?
कपन अनलाइन
काठमाण्डौ ,भाद्र ९ ।
सरकारले मंगसिर ४ गते घोषणा गरेको प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनका लागि राजनीतिक दलहरुमा उम्मेदवारहरुको बहस निकै तीव्र बनेको छ।
कपन अनलाइनको चुनाव चर्चा शृंखला अन्तर्गत स्थानीय तहको निर्वाचन २०७९ मा वडा अध्यक्षहरुले प्राप्त गरेको मत परिणामका आधारमा प्रतिनिधि सभा र प्रदेस सभामा पार्टीको अवस्थाका वारेमा चर्चा गर्ने कर्ममा यहाँ काठमाण्डौ क्षेत्र नं ८ ( १ ) को तथ्यांक प्रस्तुत गरिएको छ।
काठमाण्डौ महानगरपालिकाका वडा नं १३,१९,२०,२३ र २४ रहेको यस प्रदेस निर्वाचन स्थानीय तहमा वडा अध्यक्षहरुले प्राप्त गरेको मतका आधारमा नेपाली कांग्रेस बलियो देखिएको छ।
निर्वाचन आयोगको मत परिणाम अनुसार यस प्रदेस निर्वाचन क्षेत्रका ५ वडामा नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवारहरुले कुल ७३९० मत प्राप्त गरेका छन भने नेकपा एमालेका उम्मेदवारहरुले कुल ६६१५ मत प्राप्त गरेका छन।
काठमाण्डौ महानगरपालीकाका पाँच वडा रहेको काठमाण्डौ क्षेत्र नं ८ (१ ) मा राप्रपाका वडा अध्यक्ष उम्मेदवारहरुले कुल ९३४ मत प्राप्त गरेका छन भने नेकपा एसका उम्मेदवारहरुले १६१६ मत प्राप्त गरेका छन।