ओखलढुंगाको जनप्रतिनिधिका रुपमा “तेश्रो इनिङ”को तयारीमा यज्ञराज सुनुवार …..

कपन अनलाइन

काठमाण्डौ,साउन ३१।

मंगसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति घोषणा संगै ओखलढुंगा जिल्लाको राजनीतिक माहोल निकै तातेको छ। एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको ओखलढुंगा जिल्लाका कतिपय  नेताहरुले प्रतिनिधि सभा सदस्यको उम्मेदवार दावी गर्ने संकेत गरेका छन भने कतिपय नेताहरु आन्तरिक छलफल र परामर्शमा सक्रिय रहेका छन।

२०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा र प्रदेस सभा क्षेत्रमा विजयी प्राप्त गरेको बाम गठबन्धन विभाजन भएर नेकपा एमाले र पांच दलीय गठबन्धन भएको ओखलढुंगा जिल्लामा अहिले सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा चर्चा परिचर्चा व्यापक बनेको छ।

ओखलढुंगामा अहिले नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरी खतिवडा र नेकपा एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवार जिल्लाका गतिविधिमा निकै सक्रिय बने संगै राजनीतिक विश्लेषण र बहस निकै तीव्र समेत बनेको छ।

साउन २७ गते जिल्ला कार्यालय भवन ओखलढुंगामा बसेको जिल्ला कमिटीको बैठकले विभिन्न विभागहरुमा मनोनयन तथा कार्य विभाजन गरेर निर्वाचन अभियान सुरु गरेको नेकपा एमालेमा पनि सम्भावित उम्मेदवारका वारेमा बहस सुरु भएको छ।

२०७० सालमा संविधान सभा  र २०७४ सालको निर्वाचनमा जिल्लाको प्रतिनिधि सभामा ओखलढुंगाबाट निर्वाचित भएका यज्ञराज सुनुवारका वारेमा पनि नेकपा एमाले भित्र विभिन्न अनुमान र विश्लेषण हुन् थालेका छन।

विद्यार्थी राजनीतिबाट कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेका सुनुवारले निकै कठिन समयमा नेकपा एमाले ओखलढुंगाको नेतृत्व गर्दै नेपाली कांग्रेसको उर्वर भूमिका रुपमा परिचित जिल्लालाई बामपन्थीहरुको किल्लामा परिणत गरेको बताउदै जिल्ला कमिटीका एक पदाधिकारीले उनले  जनप्रतिनिधिका रुपमा तेश्रो इनिङक लागि तयारी गर्नु स्वाभाविक भएको धारणा ब्यक्त गरेका छन।

ओखलढुंगा जिल्लाको २०७४ सालमा भएको  प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवार ३२५८० मत प्राप्त गरेर विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रामहरी खतिवडाले २७३२७ मत प्राप्त गरेका थिए।

स्थानीय तहको निर्वाचनमा निकै लजास्पद पराजय भोगेर आगामी संसदीय निर्वाचन जित्नैपर्ने अवस्था  नेकपा एमाले ओखलढुंगाले चाडै नै सम्भावित उम्मेदवार र आकांक्षीहरुका वारेमा छलफल सुरु गर्ने  तयारी गरेको श्रोतले जानकारी दिएको छ।

 

 

 

तपाइँको प्रतिक्रिया ।