काठमाण्डौ क्षेत्र नं ४ (२) मा युवा नेतृत्वको बहस र राजन श्रेष्ठ “धरातल” को दावी
कपन अनलाइन
काठमाण्डौ ,साउन २९।
सरकारले मंगसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेस सभाको निर्वाचन मिति घोषणा गरेपछी निकै तातेको नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ (२ ) को प्रदेस सभा सदस्य दौडमा युवा नेता राजन श्रेष्ठ “धरातल” पनि थपिएका छन।
काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा नयाँ र युवा नेतृत्वको बहस निकै जोडतोडले चलिरहेको समयमा बुढानिलकण्ठ नगरपालिका वडा नं १३ का सक्रिय युवा श्रेष्ठको उम्मेद्वारी दावीले राजनीतक तरंग पैदा गरेको छ।
अंग्रेजी साहित्यमा एमए र एमफिल गरेर विधावारिधि (PHD ) गर्दै गरेका श्रेष्ठ नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटी सदस्य हुन् भने नेपाल खेलकुद महासंघमा पनि जिम्मेवार स्थानमा रहेका छन।
लामो समय देखि शैक्षिक क्षेत्रमा क्रियाशील रहेका श्रेष्ठ मनास्लु वर्ल्ड कलेजका प्रमुख रहेका छन भने हिसान ,नेसनल प्याव्सन लगायतका पेशागत संघ संस्थामा पनि आवद्ध रहेका छन।
लायन्स क्लव मार्फत समाजसेवामा सक्रिय रहेका श्रेष्ठले क्षेत्रको विकासका लागि युवा उर्जा र जोश सहितको नेतृत्व आवस्यक रहकोले आफुले प्रदेस सभा क्षेत्रमा उम्मेद्वारी दावी गरेको बताएका छन।