जगडोलमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउन छलफल

जगडोलमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउन छलफल

कपन अनलाइन

काठमाडौँ, साउन २९ ।  बुढानिलकण्ठ नगरपालिका वडा नं ११ , १३ र गोकर्णेश्वर नगरपालिका वडा नं ३ को सिमाना जगडोलमा रहेको कृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमी पर्व  र त्यसको भोलि पल्ट मनाइने खटजात्रालाइ व्यवस्थित बनाउनको लागि सरोकारवालाहरुले छलफल गरेका छन  ।भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व र त्यसको भोलिपल्ट श्रीकृष्ण खटजात्रा जगडोलबासीले धुमधाम संग मनाउंदै आएका छन । सोहि जात्राको तयारी स्वरुप शनिबार  छलफल गरिएको हो उक्त छलफलले निम्न निर्णय गरेको छ  ।

  १) अनिल थापाको संयोजकतामा ७ सदस्यीय आयोजक समिती गठन   ।

२) जात्रा तथा पुजा आयोजनाको लागि १ लाख लागत लाग्ने अनुमानित खर्च प्रस्तुत ।

३) आर्थिक स्रोतको लागि स्थानिय संघ संस्था, ब्यक्ती, जनप्रतिनिधी तथा सरोकारवाला स्थानिय निकायमा आह्वान गर्ने निर्णय भएको स्थानीयले जानकारी गराएका छन ।उक्त छलफलमा बुढानिलकण्ठ नगरपालिका वडा नं ११का वडा सदस्य राजेन्द्र अधिकारीको समेत उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।