सुन्दरीजलमा पौडी खेल्ने क्रममा नदीले बगाएको ब्यक्तिको जिवितै उद्दार
कपन अनलाइन
काठमाडौं साउन २९ । सुन्दरीजलस्थित बाग्मती नदीमा पौडी खेल्ने क्रममा नदीले बगाएको ब्यक्तिको जिवितै उद्दार गरिएको छ ।शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजलस्थित बागमती नदीमा एकजना पुरुष ब्यक्ति खसेको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग सुन्दरीजलबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा प्रहरी टोली परिचालन भएको थियो । तत्पश्चात प्रहरी बृत्त बौद्धबाट प्रहरी नायव उपरीक्षक, र बिपद उद्धार महाशाखा, सामखुशीबाट प्रहरी अधिकृतसहितको उद्धार टोली, नेपाली सेना बिपद तथा उद्धार गण, सुन्दरीजलबाटसमेत टोली खटिई ब्यक्तिको खोज तथा उद्धार कार्य शुरु गरिएको थियो ।
संयुक्तरुपमा खटिएका सुरक्षाकर्मीहरुको अथक प्रयासबाट चिप्लिएर नदीमा खसेका बर्ष २७ को सन्देश कार्कीको जिवितै उद्दार गरिएको थियो । उद्दार गरिएका सन्देश कार्कीसँगसोधपुछ गर्दा शनिबार बिहान सामाखुशीबाट ५ जनाको संख्यामा साथीसहित घुम्न सुन्दरीजल आएका थिए । सन्देश कार्कीले नदीमा पौडी खेलौ भन्दा अन्य साथीहरुले नमानेका तर कार्की भने नदीमा पौडी खेल्न हाम फाले पश्चात बागमती नदीले बगाएको बताएको प्रहरीले जानकारी गराएको छ ।कार्कीको स्वास्थ्य अवस्था सामान्य नै रहेकोले साथीहरुको जिम्मा लगाएको र उक्त घटनाको सम्बन्धमा प्रहरी बृत्त बौद्धबाट थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी गराएको छ ।
साथै बर्षाको मौसममा नदी नाला तथा ठाडो खहरे खोलाहरुमा नदीको बहाव बढी हुने भएकोले कसैको लहलहैमा लागेर नदी, नाला तथा खहरे खोलाहरुमा पौडी खेल्नु खतरनाक सावित भएका घटनाहरु दिन दिनै सुनिने र देखिने गरेका छन् । तसर्थ, सम्पूर्ण नागरिकसमक्ष यस्ता कार्य नगर्न र सावधानी अपनाउन हुन जिल्ला प्रहरी परिसर, काठमाण्डौले अनुरोध गरेको छ ।