बालाजु बाइपासको एक जुत्ता कारखानामा आगलागी
कपन अनलाइन
काठमाडौँ, साउन २५। बालाजु बाइपासको एक जुत्ता कारखानामा आगलागी भएको छ ।वान वर्ल्ड जुत्ता कारखानामा आगो लागेको हो । आगलागीबाट नजिकका घरहरू जोखिममा छन् । आगलागी नियन्त्रणका लागि प्रहरी टोली परिचालन भएको छ भने आगलागी नियन्त्रणका लागि नेपाली सेना र सुरक्षाकर्मीसहित दमकल र तीनवटा ट्याङ्करमार्फत पनि आगो निभाउने प्रयास जारी रहेको छ । अहिलेसम्म आगलागीको कारण खुलेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।
तपाइँको प्रतिक्रिया ।