काठमाण्डौ क्षेत्र नं ४ (२) मा युवा नेतृत्वको बहस र रविन्द्र थापा ( रवी ) को तयारी ….

कपन अनलाइन

काठमाण्डौ ,साउन २४ ।

आगामी मंगसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा  काठमाण्डौ क्षेत्र नं ४  बाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराई मैदानमा उत्रिने चर्चा भैरहेको बेला प्रदेस क्षेत्रहरुमा पनि युवा नेतृत्व हुनुपर्ने बहस सुरु भएको छ।

लगातार तिन वटा निर्वाचनमा पराजय भोगेको नेकपा एमालेमा यस पटक प्रदेस क्षेत्रमा पनि युवाहरुको प्रतिनिधित्व हुनुपर्छ भन्दै युवा नेताहरुले छलफल सुरु गरेका छन।

काठमाण्डौ क्षेत्र नं ४ का दुवै प्रदेस क्षेत्रमा आउने निर्वाचनमा युवा पुस्ताको प्रतिनिधित्व गर्दै उम्मेदवार चयनका लागि सबै राजनीतिक दलमा व्यापक बहस सुरु भएको छ।युवाहरुले भावी निर्वाचनमा उम्मेदवार बन्ने चाहाना राख्दै आन्तरिक बहस सुरु गरे संगै काठमाण्डौ क्षेत्र नं ४ (२) पनि राजनीतिक माहोल निकै तातेको छ।

काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा  गठबन्धनको त्रासले नेपाली कांग्रेसका कुनै पनि युवा नेताहरुले मुख खोलेर उम्मेद्वारी दावी नगरे पनि नेकपा एमालेका युवा नेताहरु भने एक पछी अर्को मैदानमा देखिएका छन।

यसरि उम्मेद्वारी दावी गर्ने नेकपा एमालेका युवा नेताहरुको दौडमा रबिन्द्र थापा ( रवी ) अग्र मोर्चामा देखिएका छन। काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमालेलाई जिताउन प्रदेस क्षेत्रमा पनि जुझारु युवा नेतृत्वको आवस्यकता रहेको भन्दै थापाले अभियान सुरु गरेका छन।

२०५४ सालको स्थानिय निकायको निर्वाचनमा साविक महांकाल गाविसको जनप्रतिनिधि समेत रहेका थापा २०७९ सालको स्थानीय तहको निर्वाचनमा प्रचार प्रसार  कमिटीको सहसंयोजक रहेका थिए ।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका सचिवालय सदस्य रहेका थापाले आफुले विदेसमा गरेको अध्ययन र स्वदेशमा गरेको श्रम सहितको अनुभवलाई समेटेर चाडै नै आफ्नो अवधारणा सार्वजनिक गर्ने बताएका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।