ओखलढुंगा जिल्लाको प्रदेस क्षेत्र नं २ मा किशोर अधिकारीको कसरत ….

कपन अनलाइन

काठमाण्डौ ,साउन २४।

नेकपा एमालेका केन्द्रीय सदस्य किशोर अधिकारी अहिले जिल्लाका विभिन्न स्थानको दौडाहामा रहेका छन।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा लजास्पद हार खाए संगै सुस्ताएको संगठन र कमिटीहरुलाई चलायमान बनाउन भन्दै अधिकारी स्थानीय तहमा सक्रिय देखिएका छन।

लामो समय ओखलढुंगा जिल्लाको नेतृत्वमा रहेर कम्युनिस्ट जनमत बढाउदै २०७४ सालको प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचनमा बामपन्थी उम्मेदवार जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका अधिकारीको सक्रियता र सघन जनसम्पर्कलाई निकै अर्थपूर्ण र राजनीतिक रुपमा हेरिएको छ।

२०७४ सालमा बाम गठबन्धनका कारण नेकपा माओवादीका उम्मेदवारलाई छोड्नु परेको प्रदेस क्षेत्र नं २ खाली भए संगै नेकपा एमालेका नेताहरुको आन्तरिक दौड सुरु भएको अवस्थामा अधिकारीको सक्रियता स्वाभाविक भएको एक जिल्ला सदस्यले बताएका छन।

पटक पटक प्रतिनिधि सभाको उम्मेदवार बनेका अधिकारीले  स्थानीय नेता ,कार्यकर्ता र जनताहरु संगको व्यापक परामर्श र छलफल पछी मात्र राजनीतिक निर्णय लिन सक्ने बताउदै ति जिल्ला सदस्यले अन्य कुरा आधिकारिक कमिटीका बैठकबाट मात्र  आउने धारणा राखेका छन।

तपाइँको प्रतिक्रिया ।